खानपानहेल्थ टिप्स

सेक्स क्षमता बढाउन अनारको महत्वपुर्ण भूमिका

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

यदि तपाईंको यौन साथी सेक्सको नाम सुन्नासाथ टाढा भाग्छन् या सेक्सप्रति रुची राख्दैनन् भने चिन्ता नलिनुस्, एक गिलास अनारको जुस पिउन दिनुहोस् । एक अध्ययनबाट अनारको जुसले सेक्स क्षमता बढाउने पुष्टि भएको छ । अध्ययनका अनुसार कम्तीमा १५ दिन अनार को जुस पिउनाले त्यसको असर देखिनेछ ।

एडिनबर्गको क्वीन मार्गरेट विश्वविद्यालयका शोधकर्ताहरुले अध्ययनमा सामेल गराएका महिला तथा पुरुषलाई १५ दिनसम्म दैनिक एक गिलास अनारको जुस पिउन दिए, जसबाट उनीहरुको टेस्टोस्टेरोन हर्मोनको स्तर बढ्यो । यो हर्मोनले पुरुष तथा महिला दुवैलाई सेक्सको इच्छा बढाउछ । यो अध्ययन २१ देखि ६४ वर्षसम्मका महिला तथा पुरुषमा गरिएको थियो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

स्याउ र यसको फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!