विज्ञानविज्ञान जिज्ञासा

प्रकाशको विद्युतीय प्रभाव भनेको के हो ?

प्रकाशको विद्युतीय प्रभावले प्रकाशको कणको स्वभावलाई पुष्टि गर्दछ । अर्थात् प्रकाशले कणहरूको प्रवाहको व्यवहार देखाउँदछ । आइन्स्टाइनले आफ्नो सिद्धान्तको आधार भने अन्य दुई वैज्ञानिक लेनार्ड र म्याक्स प्लान्कका ठम्याइहरूलाई बनाएका छन् । लेनार्डले के देखाए भने प्रकाशका किरणहरू ठोकाउँदा सुचालक धातुबाट इलेक्ट्रोनहरू उछिट्टिन्छन्, तर प्रकाश तेज  हुँदैमा ऊर्जाको मात्र बढ्दैन । बढी तेजको या कम तेज कुनै पनि प्रकारको प्रकाशले समान ऊर्जा उत्सर्जन गरेको हुन्छ । त्यस्तै, म्याक्स प्लान्कले के प्रमाणित गरिदिए भने प्रकाशले निश्चित विखण्डित, प्रकाशन अंशहरू उत्सर्जित गरिरहेको हुन्छ । वास्तवमा आइन्स्टाइनले ती दुईले पाएका नतिजाहरूलाई सूक्ष्म दृष्टिले योग गरिदिएका हुन् । उनले के व्याख्या गरे भने प्रकाश तरङ्गहरू प्रकाशका विखण्डित धेरै खण्डहरूबाट निर्मित छन् । प्रकाशका ती खण्डहरूलाई क्वान्टम  भनी नामाकरण गरिएको छ ।

यी कुराहरूलाई सही भएको मान्दा जति बढी तेजको प्रकाश हुन्छ उति नै बढी त्यसमा क्वाण्टमहरू भएको पुष्टि हुन्छ । तर क्वाण्टमहरू जति नै कम भए पनि प्रकाशमा ऊर्जाको मात्र उति नै रहन आउँछ । यसको परिणाम के हुनआउँछ । भने माथि उल्लेखित कार्यबाट उत्सर्जित इलेक्ट्रोनहरूको संख्या उच्च हुनआएमा पनि उनीहरूसँग धेरै ऊर्जा भने हुनेछैन । आइन्स्टाइनको यो ठम्याइले प्रकाशसम्बन्धी एउटा नवीन दृष्टिलाई अगाडि ल्याएको छ । अर्थात् त्यस ठम्याइले प्रकाश क्वाण्टमहरूको एक प्रवाह हो भन्ने कुरालाई प्रमाणित गर्दछ । वास्तवमा यही सिद्धान्तको आधारबाट नै आज दृश्यलाई क्यामेराको टिपी सिधै टेलिकाष्ट गर्न सम्भव भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!