विज्ञान जिज्ञासा

टेलिभिजन खोल्दा पहिले ध्वनि र पछि दृश्य किन आउँछ ?

टेलिभिजनले प्रसारण गरिएको सङ्केतलाई दॄश्य र ध्वनीमा परिवर्तन गर्छ । टेलिभिजन खोल्दा पहिले ध्वनि आउँछ र केहीबेर पछि मात्र आवाज आउँछ प्रकाश तरङ्गले गर्दा टेलिभिजनमा दृश्य देखिन्छ । ध्वनिले प्रतिसेकेन्ड ३ सय ४४ मिटर दूरी पार गर्छ भने प्रकाश एक सेकेन्डमा ३ लाख किलोमिटर टाढा पुग्छ । यसरी ध्वनिभन्दा प्रकाशको गति लाखौँ गुणा छिटो भएर पनि टेलिभिजनमा आवाज भन्दा दृश्य आउन किन ढिलो हुन्छ त ? टेलिभिजन स्टेशनले ध्वनि तथा प्रकाशलाई विद्युतीय चुम्बकीय तरङ्गको रुपमा प्रशारण गरेको हुन्छ । त्यो विद्युतीय चुम्बकीय तरङ्गको रुपमा प्रशारण गरेको हुन्छ । त्यो विद्युतीय चुम्बकीय तरङ्गलाई टेलिभिजन सेटले टिपेर शुरुमा विद्युतीय तरङ्गमा परिणत गर्दछ । त्यसपछि मात्र त्यो ध्वनि तथा प्रकाश तरङ्गमा बदलिन्छ ।

ध्वनिको प्रसारण स्पिकरले र दृश्यको प्रसारण पिक्चर ट्यूब मार्फत टेलिभिजनको पर्दाले गर्छ । विद्युतीय तरङ्गलाई प्रकाश तरङ्गमा बदलेर दृश्य देखाउने काम पिक्चर्स ट्युबले गर्छ । पिक्चर्स ट्युब तातेपछि मात्र यो काम हुन्छ तर पिक्चर्स ट्युब तात्नै केही समय लाग्ने हुँदा आवाज आइसकेपछि मात्र पर्दामा दृश्य देखिन्छ । तर, पिक्चर्स ट्युब तातिन्जेल विद्युतीय तरङ्गमार्फत आएको आवाज चाहिँ ध्वनि तरङ्गमा बदलिएर प्रसारण भइसकेको हुने हुँदा पहिले सुनिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!