स्वास्थ्यहेल्थ टिप्स

कसरी हुन्छ युरिक एसिड ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आजकाल जोर्नी २ दुख्ने समस्या हरेकलाई बढ्दै छ । यस्तो हुनुको प्रमुख कारण युरिक एसिड बढाउने खालका खानाहरू जस्तै फूलगोभी, च्याउ, पालुङ्गो, गेडागुडी ,रातो मासु प्रमुख छन् । युरिक एसिडको समस्या भएकाहरुले गेडागुडी, रातोमासु, काउली खानै नहुने होइन, खान सक्छन् तर त्यसको मात्रा मिलाएर खान सक्नुपर्छ।

युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ। यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ। प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिकदुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ। सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ।

असर

युरिक एसिड बढेमा वा गाउटको समयमै उपचार नभएमा मिर्गौलामा असर पार्न सक्छ। यसले मिर्गौला फेल बनाउन सक्छ र मिर्गौलामा पत्थरी हुनसक्छ। गाउटले जोर्नीहरुमा ‘डिफर्मेसन’ (जस्तैः खुट्टाको बुढी औँला र जोर्नीहरुको आकार वा स्वरुप बिग्रनु) ल्यादिन्छ। युरिक एसिडले विस्तारै मुटुमा पनि असर पुर्‍याउँछ। यस्तै, शरीरका विभिन्न अंगमा जटिल समस्या ल्याइदिन सक्छ।

बच्ने उपाय

१. नियमित व्यायम गर्ने।
२. पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ।
३. धूमपान र मध्यपानबाट टाढै बस्ने।
४. प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने।
५. गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने।
६. शरीरको वजन घटाउने।
७. नियमित ‍औषधिको प्रयोग गर्ने।
८. समय-समयमा चिकित्सकको परामर्श लिने।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!