स्वास्थ्यहेल्थ टिप्स

ग्यास्ट्रिक र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग मानिन्छ। कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन्। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ।

के हो ग्यास्ट्रिक?

पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने जस्ता समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं । अनि डाइजिन, पेन्टाप्राजोल या अन्य एन्टासिड चक्की खाइहाल्छौं । तर, सबै पेट दुखाइ ग्यास्ट्रिक नहुन पनि सक्छ।

ग्यास्ट्रिक र अल्सरका कारण

१. धूमपान एवं सुर्तीजन्य पादार्थको सेवान,
२. नदुख्ने औषधि (पेनकिलर), बाथरोगका औषधि आदिको नियमित सेवन,
३. जंकफुड,
४. चिल्लो, अमिलो, पिरो र अजिनामोटो राखेको खानेकुराको प्रयोग,
५. चटपटे, पानीपुरी, दालमोठ, चाउचाउ आदिको सेवान,
६. अल्सर गर्ने किटाणु (एच पाइलोरी) को संक्रमण,
ग्यास्ट्रिक भयो भनेर उसिनेको मात्रै खाने, खल्लो खाने र धेरै मुख बार्दैमा सफल उपचार हुँदैन। के खाने र के नखाने भन्नेबारे राम्रो जानकारी हुनुपर्छ।

ग्यास्ट्रिक र अल्सरका बिरामीले के खाने, के नखाने?

के खाने ?

१. गिलो बनाएको दालभात,
२. प्रसस्त पानी,
३. हरिया सागसब्जी, आदि।

के नखाने?

१. सुक्खा खानेकुरा,
२. अचार, खुर्सानी, घिउ, अमिलो दही,
३. रातो मासु,
४. तेल/घिउमा तारेको माछा, मासु, पकौडा, समोसा, नम्किन आदि,
५. अमिलो फलफूल, कागती,
६. दूध हालेको चिया,
७. कफी, चकलेट,
८. चना, केराउ,
९. कोक, फ्यान्टा जस्ता कोल्डड्रिक्स ।

भनिन्छ रोग लाग्नुभन्दा रोगनै नलागोस भन्ने कुरामा ध्यान पुराउन सके आधा रोग त्यसै नीको हुनसक्छ । उपरोक्त खानपिनमा ध्यान दिनु नै सफल उपचार मानीएको छ । ग्यास्ट्रिको उपचार औषधि मात्र होइन खानामा सत्रक्ता अपनाउन सके आफै नीको पनि हुन सक्छ ।

उपचार

१) अभिपत्तिकर चूर्ण १ चमच दिन्मा २ पटक नियमित खाने ।
२) पेट सफा राख्न त्रिफला चूर्ण राती दूध संग १ चमच खाने ।
३) प्रात उठ्ने बित्तिकै ३,४ गीलास पानी पीउने । २ घण्टा सम्म खाना केहि नखाने ।
४) पानी पिएको २ घण्टा पछि एक गीलास मनतातो पानीमा एक चुट्की बिरेनुन राखेर पानी पीउने ।
५) हल्का व्याम गर्ने

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!