स्वास्थ्यहेल्थ टिप्स

खोकी र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

नाक-मुखमा धुलो, धुँवा पस्नाले, इन्द्रियका सामान्य क्रियाहरूको वेग रोकिनाले र यस्तै अन्य कारणहरूले प्राणवायु दुषित भएर उदान वायुसँग मिसीई कफ, पित्तयुक्त मुखबाट निस्कने ख्वाँ-ख्वाँको शब्द नै खोकी हो । खोकीका कारण मानिसले धेरै समयसम्म समेत दु:ख पाउँछन् । कुनै कुनै खोकी त करिब १ महिना भन्दा बढी सम्म समेत लाग्ने हुन्छ । खोकी लागेमा घरेलु उपचारले पनि खोकी निदान गर्न सकिन्छ । खोकी निदान गर्ने केही घरेलु उपायहरू यस्ता छन्:

१. दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ ।
२. मह र भुटेको अल्सीको ६ ग्राम चुर्ण खाए पनि लाभ गर्छ । अल्सीको पात पकाएर काढाँ पिएमा पनि खोकी निको हुन्छ ।
३. महसित चम्पाको बोक्राको ८ ग्राम चूर्ण सेवन गरे कफजनित खोकीबाट छुटकारा पाउन सकिन्छ ।
४. दुई ग्राम खयरसित बेसार र मिश्री मिसाई सेवन गरे पनि खोकी निको हुन्छ ।
५. सुठोको धुलो, तुलसीपातको रस र मह बराबर लिई प्याजको रस मिसाएर सेवन गरे पुरानो खोकी पनि सञ्चो हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

खोकी र यसको घरेलु उपचार

खोकीको घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!