घरेलु उपचार

मानिसको सवैभन्दा ठूलो शत्रु कब्जियतको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

Constipation लाई नेपाली भाषामा कब्जियत भन्दछन् । मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ । यो रोग मानिसको ठूलो शत्रु भन्दा खासै फरक छैन । जब मानिसलाई कब्जियत हुनथाल्दछ थुप्रै प्रकारको रोगले मानिसलाई सताउन थाल्दछ । हेर्दा रोग सामान्य भएपनि कालान्तरमा गएर अनेकौं रोग हुन थाल्दछ ।

हार्टब्रोन, पेटमा ग्यास, पेट दुख्ने जस्तो समस्याको सुरूवात यहि Constipation को कारणले गर्दा भएको छ । कब्जियत एक यस्तो समस्या हो, जसले मानिसलाई निकै दुःख दिन्छ । मानिसहरु अस्पताल धाउँदा-धाउँदै थाक्ने पनि गर्छन् । यसलाई घरलु उपचारले पनि ठीक गर्न सकिन्छ ।

विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्या बाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो । भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो ।

भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायः जसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावना रहन्छ ।

व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ । व्यायाम र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधी, पेनकिलर, नार्काटिक्स र दिमाग लठ्याउने औषधि खानेहरूमा कब्जियत ज्यादा देखिएको छ ।

यस्ता रोगको उपचार एलोपैथिकमा भन्दा आयुर्वेदिक छ । आयुर्वेदिक औषधिको सेवनले कालान्तरमा गएर अन्य कुनै नया रोगको उत्पति नहुने देखिन्छ । यस्ता रोग लागेका बिरामीलाई आज आयुर्वेदिक औषधिबाट कसरी निको बनाउन सकिन्छ भन्ने जानौ ।

कब्जियतको घरेलु उपचार

१. हर्रो, बर्रो, अमला समभाग लिएर सुत्नेबेला दिनमा २ पटक दुध संग खानाले Constipation ठिक हुनुको साथै कायाकल्प समेत गर्दछ । यो औषधिले मानिस चाँडो बुढो हुनबाट समेत रोक्दछ ।

२. Constipation का रोगीले फर्सिको मण्टाको लगायत अन्य हरियो सागको तरकारी प्रशस्त खानुपर्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

चायाँबाट बच्ने उपाय र यसको घरेलु उपचार

कपाल झर्ने समस्याको घरेलु उपचार

पेट दुख्ने समस्या र यसको घरेलु उपचार

श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!