स्वास्थ्य

ब्लड प्रेशरबारे बरिष्ट डाक्टर राम बहादुर बोहराको महत्वपूर्ण सुझाव

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

व्यवहारिक दृष्टिले Systolic र Diastolic ब्लड प्रेशर उमेर अनुसार फरक-फरक हुनसक्छ । बृद्ध अवस्थामा Systolic १६० सम्म हुन सक्छ तर आतिनु पर्दैन । तर Systolic ब्लड प्रेशर यदि १७० भन्दा माथि र Diastolic प्रेशर ९० भन्दा माथि छ भने उपचार गराई हाल्नुपर्छ ।

Note : Doctor tend to speak of a patient’s Blood Pressure as being,’110 over 75’. This means that the Systolic Pressure is 110, the diastolic 75 and those figures are roughly normal for a Healthy goung adult.

प्रत्येक व्यक्तिको उमेरमा ९० को अंक जोड्दा जति संख्या हुन आउछ त्यो नै उसको Systolic व्लड प्रेशर हुन आउछ । त्यही अंकमा यदि ५० घटाएको खण्डमा Diastolic प्रेशर हुन आउदछ । यसरी पनि हामीले आफ्नो व्लड प्रेशरबारे जानकारी प्राप्त गर्न सक्नेछौं ।

उदाहरणको लागि यदि हजुरको उमेर ६० बर्ष छ भने त्यसमा ९० जोड्दा १५० हुन आउछ । त्यसैलाई Systolic प्रेसर भन्दछन् । १५० को संख्यामा यदि ५० घटाउदा १०० आएको छ भने Diastolic प्रेसर भन्दछन् । यसरी हामीले आफ्नो व्लड प्रेसरको यकिन गर्न सक्नेछौं ।

युवा अवस्थामा Systolic प्रेसर प्राय ११५ र Diastolic प्रेसर ७६ हुन्छ भने पल्स रेट ३९ सम्म पुगेको हुन्छ ।

याद राख्नुपर्ने कुराहरु

१. ठाउं अनुसार ब्लड प्रेसर फरक हुन सक्छ ।

२. महिलाहरूमा पुरूषको तुलनामा व्लड प्रेसर केहि कम हुन सक्छ ।

३. शाकाहारीको तुलनामा मासाहारीको व्लड प्रेसर बढी हुने गर्छ ।

४. बिहानको तुलनामा साझ व्लड प्रेसर बढी हुने गरेको तथ्य फेला परेको छ ।

५. उठेको बेला भन्दा बसेको बेला व्लड प्रेसर कम हुने गरेको हुन्छ ।

६. झगडा गरेको बेला नगरेको भन्दा व्लड प्रेसर बढी हुने गरेको पाइन्छ ।

व्लड प्रेसर हाई हुनेहरूले ध्यान दिनुपर्ने कुराहरु

१. व्लड प्रेसरका विरामीले खाना दवाएर खानुहुदैन र मरमसलाबाट टाढा बस्नुपर्छ ।

२. खानामा फलफूल, सागसब्जी बढी सेवन गर्ने र लहसुन, प्याज सोयाबीनको बढी प्रयोग गर्ने, नुन कम प्रयोग गर्ने ।

३. जंक फूडबाट सकेसम्म बच्नुपर्छ ।

४. चिया कफिको सेवन कम गर्नुपर्छ किनकि यसमा कैफिन हुने हुनाले नोक्सान गर्न सक्छ ।

५. दैनिक जति सकिन्छ पानीको सेवन गर्नु राम्रो हो ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

साइटिका नर्भको समस्याको लक्षण र उपचार

मृगौला रोग र पत्थरी फाल्ने अचूक औषधी

स्वास्थ्यको लागि बेथेको साग खानुका फाइदाहरू

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

स्वास्थ्यको लागि कर्कलो खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!