मुख्य समाचार

खगोल तथा अन्तरिक्ष विज्ञान गोष्ठी शुरु

काठमाडौँ, जेठ २२ । खगोल तथा अन्तरिक्ष विज्ञानसँग सम्बन्धित नविनतम् खोजको जानकारी  गराउने उद्देश्यले सोमवारदेखि विद्यालय स्तरीय अन्तरिक्ष विज्ञान गोष्ठी राजधानी काठमाडौँको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा शुरु भएको हो । बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले विज्ञानका विभिन्न विधाहरुमध्ये खगोल तथा अन्तरिक्ष बिज्ञान महत्वपुर्ण विधा भएको कुरा बताउनुभयो । विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकास (R & D) लाई उच्च प्राथमिकताका साथ अघी बढाउन राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गरिने राष्ट्रिय नीति बनाउने कुरा आगामी आर्थिक वर्ष २०७४/०७५ को  लागि निर्धारण गरेको नीति तथा कार्यक्रममा आई सकेको कुरा बताउनुभयो ।

त्यस्तै विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा. संजय शर्माले बिज्ञान तथा प्रविधिको विकास बिना आधुनिक नेपालको आर्थिक विकास हुन नसक्ने भएकोले गर्दा यसको विकास गर्न सबै जुट्नुपर्ने कुरा बताउनुभयो । खगोल तथा अन्तरिक्ष बिज्ञानको विकास गर्न यस्ता गोष्ठीहरु तथा देखिने गरी खोज र अध्ययन तथा अनुसन्धान दुर्त गतिमा हुनुपर्ने कुरा पनि बताउनुभयो ।  समितिका कार्यकारी निर्देशक आनन्द बहादुर चन्दले रोचक ढंगमा किन हामी सबैलाई एउटै साईज फिट हुदैन भन्ने बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सबै मान्छे आफ्नो-आफ्नो क्षेत्रमा बुद्धिमान हुने हुनाले हामी नेपालीले आफ्नो सोच्ने शैलीमा परिबर्तन गर्नुपर्ने कुरा बताउनुभयो । त्यस्तै राष्ट्रिय योजना आयोगका बिज्ञान तथा प्रबिधि हेर्ने सदस्य डा. सुनिलबाबु श्रेष्ठले खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा अथाह रुपमा खोज तथा अनुसन्धान गर्न सकिने भएकोले यस क्षेत्रको विकास गर्न राष्ट्रिय योजना आयोग सकारात्मक भएको कुरा बताउनुभयो ।

bp

 

समितिका सह–कार्यकारी निर्देशक सनतकुमार शर्माले आजकल हनिमुन पनि स्पेसमा नै मनाउन थालेको रोचक प्रसंग उठाउदै खगोल तथा अन्तरिक्ष बिज्ञानलाई हरेक विज्ञानको जननी भनिने हुनाले नेपालमा यसको खोज तथा अनुसन्धान गर्ने उपयुक्त स्थल भएको कुरा बताउनुभयो । उक्त कार्यक्रममा बिज्ञान तथा प्रबिधि मन्त्रालय प्रशासन तथा योजना महाशाखाका सहसचिव राम आधार साह र विज्ञान तथा प्रविधि प्रवर्धन महाशाखाका सहसचिव सुरेन्द्र सुवेदी, राष्ट्रिय बिधि बिज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवन प्रसाद रिजाल, नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराई जस्ता व्यक्तित्वहरुको उपस्थित थियो ।

चारदिने गोष्ठीमा विद्यालय तहका करिब १०० प्रतिभाशाली छात्रछात्राहरु तथा ५० जति विभिन्न अनुसन्धानकर्ताहरु सहभागिता हुनुका साथै १५ जति शिर्षकमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!