साहित्य-कला

मेरो देशको धर्तीमा

जुन लाग्छ उज्यालो छाउने छ
अब बारम्बार बत्ति गइरहने छैन
हो यस्तो दिन आउने छ
अब सबैले मेरो देशको
हसिलो मुहार हेर्नेछन
सिंहदरबार सांसद र बालुवाटारमा
घरीघरी बैठक बसिरहने छैन अब
यो खुल्ला आकाश भित्र
स्वतन्त्रता र शान्ति छाउने भएको छ
जहाँ सुर्यको तापले मलाई पोल्दैन
दुङ्गाहरु पनि रसाउने छन
हो यस्तो दिन आउने छ
गुराँसहरु पनि फुल्ने छन
सगरमाथा ले पनि शिर उठाउनेछ
मेरो देशको झन्डा फरफराउछु
मेरो हृदयको कुना काप्चाहरुमा
जहाँ मेरो देशमा बसेर
शान्तिको अनुभुती गर्नेछन्
गरिबी हट्नेछ शिक्षित हुनेछन
मेरो देशमा बसेर शिक्षा र
स्वास्थको लागि अनशन बसिरहन पर्दैन हो
यस्तो दिन आउने छ
जहाँ मान्छेहरू बुद्ध बन्नेछन्
अब धर्तिमा नयाँ बिहानी छाउने छ
यो खुल्ला आकाशमा
बादलहरु हटेर उज्यालो हुनेछन्
अब यस्तो दिन आउने छ

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!