विज्ञान जिज्ञासा

Black Hole (कृष्ण छिद्र) भनेको के हो ? यसले कसरी असर गर्दछ ?

यदि तपाई विज्ञानसंग सम्वन्धित व्यक्ति हो भने पक्कैपनि Black Hole को बारेमा जानकारी हुनुहुन्छ होला । तर जानकारी नभएपनि आउनुहोस् Black Hole को बारेमा जानकारी हासिल गरौँ । व्रम्हाण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण शक्ति भएको अन्धकारमय अदृश्य भागलाई Black Hole (कृष्ण छिद्र) भनिन्छ । यसले जस्तोसुकै वस्तुलाई पनि कुनै अस्तित्व बाँकी नराखी बेपत्ता पारिदिन सक्छ । प्रसिद्ध वैज्ञानिकहरू अल्वर्ट आइन्स्टाईन (Albert Einstein) र स्टेफन हकिङ्ग (Stephen Hawking) ले पनि यसको विषयमा अनुसन्धान गरेपछि वैज्ञानिक जगतमा यसले ठूलो कोलाहलता मच्चाएको थियो । सन् १९६९ मा भौतिकशास्त्री जोन हवीलरले दिएको जानकारी अनुसार यसको गुरुत्वाकर्षण शक्ति यति भयानक छ कि प्रकाशलाई पनि यसले निल्न सक्छ ।

हब्वल अन्तरिक्ष टेलिस्कोप मार्फत भर्खरै आएको जानकारी अनुसार करीव पाँच करोड – प्रकाश वर्ष टाढा एम ८७ नामको तारापुञ्जका केन्द्रबिन्दुमा केहि अनौठो बस्तु देखिएको छ । सूर्य जत्रा करीव दुई अरव भन्दा पनि बढी ताराहरूलाई हाम्रो Solar System जत्रो भागमा कोच्दा जति भार हुन्छ त्यति नै भार यसको भएको अनुमान गरिएको छ । वैज्ञानिकहरूको अनुमानमा त्यही नै Black Hole हो । वैज्ञानिकहरूले यसको उत्पत्ति हो कुनै एउटा शक्तिशाली विशाल ताराको विष्फोटनबाट भएको अनुमान गरेका छन् । त्यस तारका सबै आणविक उर्जा जलेर नष्ट भएपछि सम्पूर्ण तारा नै निकै सानो आकारमा संकुचित भएर घनत्व र गुरुत्वाकर्षण शक्तिमा अति बुद्धि भएको जानकारी दिएका छन् । यो ब्रम्हाण्डको १५ अरव वर्षको इतिहास देखि अनगिन्ती तारालाई आफूमा समाहित गर्दै अझ बढी शक्तिशाली र चमत्कारपूर्ण खाडल बन्दै गईरहेको छ । अनन्त कालपछि पृथ्वीको आयू सकिएर यसको नष्ट पनि Black Hole (कृष्ण छिद्र) मा नै हुने त होइन खोज अनुसन्धान गरेर वैज्ञानिक प्रभाव फेला पार्ने काम भविष्यमा तपाईको हुनसक्छ ।

यो पनि पढ्नुहोस् 

संसारको अन्त्य वारेमा स्टेफन हकिङग्सको जवाफ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!