टिप्स

केसर र यसको चमत्कारिक फाइदा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

केसर र यसको चमत्कारिक फाइदा ! पैसा यस्तो चिज हो जसको अभावमा मानिसले दर-दरको ठोकर खानुपर्छ । आज पैसाको लागि मानिसले भ्रष्टाचार गर्छन् । गलत ढंगले पैसा कमाउने गरेका हुन्छन् तर कतिपय यस्ता परिवार छन् जसले लाख कोसिस गर्दा पनि पैसा कमाउन र बचत गर्न सकि रहेका हुदैनन् ।

पैसा कमाउन गार्हो छ । पैसाको मुख कालो छ । शत्रु पनि पैसामा छ, मित्रता पनि पैसामा छ । छन् गेडि सवै मेरी, छैनन् गेडि सवै टेडि भन्ने उखान पनि पैसामा छ । पैसा छ भने सबैको प्यारो, मान-सम्मान सवै पैसामा छ । स्वर्ग र नर्क पनि यही पैसामा छ । पैसाले ज्यान बचाउन पनि सक्छ, मार्न पनि सक्छ ।

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बर्रोको प्रयोग

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

कागती पानीका फाइदाहरु के के छन् ?

हजुरले रातदिन एक गर्नुभएको छ तर पैसा बचाउन सक्नु भएको छैन भने आज मैले एउटा चमत्कारिलो जडिबुटीसंग सम्बन्धित भान्सामा हुने केसर जसलाई नचिन्ने कोहि नहोला । यसको प्रयोगबाट घरमा लक्ष्मीको बास हुनुको साथै नसोचेको प्रगति हुनेबारे प्रकाश पार्न गइरहेको छु ।

केसर मसलाको रूपमा मात्र नभई पुजा-पाठमा समेत यसको प्रयोग हुदै आएको छ । यदि लाख मेहनत गर्दा-गर्दै पनि धन पैसाको अभाव मेटाउन चाहनुहुन्छ भने कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो आइतबार करार पुजाको स्थानमा राखेर पुजा गर्ने र गुरू बृहस्पतिमा लक्ष्मीको ध्यान गर्दै निधारमा केसरको टिका लगाउनाले नसोचेको सफलता मिल्ने छ ।

Like & Follow us on Facebook

आम्दानीको स्रोत खुल्न थाल्नेछ । बचत गर्ने बानी बस्नेछ । जे कामबाट पनि सफलता हात लाग्नेछ । इस्ट मित्र दाहिने हुन थाल्ने छन् लक्ष्मीको आगमनले परिवार सुखी हुदै नसोचेको सफलता हात लाग्नेछ । यो योग मैले स्वयम गरेको थिए आज सवै राम्रो छ । पाठको हितमा यो लेख पस्केको छु । प्रयोग गर्नुभएको खण्डमा अवश्य सफल हुनुहुनेछ । ॐ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!