खानपान

स्वास्थ्यको लागि इमली खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीलाई आवश्यक पर्ने सवै भिटामिनहरु इमलीमा पाइन्छ जस्तै भिटामिन ए, भिटामिन सी, आयरन, फास्फोरस, कैल्शियम, मैगनीज, जिंकको राम्रो स्रोत यसमा पाइन्छ । यसमा एन्टी ऑक्सीडेंट र एन्टी इंफ्लेमटरी तत्व भएकाले शरीर दुखाईमा समेत फाइदा गर्दछ ।

इमली महिलाहरूको प्रिय फल भन्दा खासै फरक पर्दैन । यो स्वादमा अमिलो र मिठो हुन्छ । काँचो इमली भने धेरै अमिलो हुन्छ । पाकेको इमली हल्का अमिलो र गुलियो हुन्छ । इमलीको सेवन गर्नाले हृदय, छाला, मोटोपना र पेट सम्बन्धी रोगमा राम्रो फाइदा गर्दछ ।

शोधकर्ताहरूको अध्ययन अनुसार इमलीको बिउमा ट्रिप्सिन इन्हिबिटर गुणको कारण बढेको प्रोटिनलाई नियन्त्रण गर्न राम्रो भुमिका खेलेको पाइएको छ । इमलीको नियमित सेवन गर्नाले र यसमा भएको मेट्स डिस अर्डरले हृदय रोग र हाइ ब्लड शुगर, हाई कोलेस्ट्रोल र फ्याटलाई समेत राम्रो फाइदा दिने भनेको छ ।

यसको बिउ मात्र होइन सबैमा समान गुण रहेको छ । मैले महिलाको प्रिय फल भन्न खोजेको खास कारण के हो भने अमिलो र गुलियो फल सवैभन्दा धेरै मन पुरूषको तुलनामा महिलाले मन पराउने गरेको पाइन्छ ।

इमलीको सेवनबाट हुने फाइदाहरु

१. पाचनक्रियामा इमलीले राम्रो भुमिका खेलेको पाइन्छ । यसले रूचि जगाउदछ ।

२. मुटु र कोलेस्ट्रोल (Heart and Cholesterol) मा पनि इमलीले राम्रो फाइदा गरेको पाइएको छ । यसमा मेट्स डिसआर्डरसंग सम्वन्धित समस्या जस्तै हृदय रोग, हाई ब्लड शुगर, हाई-केलेस्ट्रोल, हाई-ट्रिगलीसिराइड र फ्याटको समस्या हटाउन राम्रो भुमिका खेलेको पाइन्छ ।

३. इमलीको बीउमा ब्लड सुगर कन्ट्रोल गर्ने क्षमता पाइएको छ ।

४. इमलीमा इन्फेक्सनलाई रोक्ने छमता हुनाले झट्ट कुनै रोगले आक्रमण नगर्ने भनेको छ ।

५. अन्य फलको तुलनामा जानी नजानी भएपनि यो फलको सेवन बढी गरिने भएकाले यसबाट राम्रो फाइदा भएको देखिन्छ । इमलीमा हुने अमिलो गुणको कारणले इन्जाइम बढी पैदा हुनाले रूचि जगाउनुको साथै खाना चाँडो हजम हुने गरेको छ ।

नोट : इमलीको अत्यधिक सेवन गर्दा शरीरमा ग्लूकोजको मात्रा कम गर्न सक्छ । अतः डायबिटीजको औषधि सेवन गरेको बेलामा डाक्टरको परामर्श लिनुपर्ने हुन्छ । साथै समय समयमा ग्लूकोजको जाँच गर्दै गर्नु राम्रो हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

किसमिस खानुका फाइदाहरु

यस्ता छन् भट्मास खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

हरियो तरकारीसंग च्याउ खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!