खानपान

ताजा र हरियो सागसब्जी खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हरियो सागसब्जी खानुका धेरै फाइदा छन् । हाम्रो शरीरलाई आवश्यक भिटामिन हरियो सागसब्जीबाट प्राप्त गर्न सकिन्छ । हरियो सागसब्जीको सेवन गर्नाले पाचन तन्त्रलाई समेत बढाउन राम्रो भुमिका खेलेको हुन्छ ।

हरियो सागसब्जी नियमित सेवन गर्नाले हीट स्ट्रोक, क्यासर, उच्च रक्तचाप, हृदय रोग जस्ता समस्यामा यसले राम्रो फाइदा पुर्याउन सक्छ । हरियो सागसब्जीमा प्रयाप्त मात्रामा प्रोटीन र खनिज भिटामिन पाइन्छ । मोटोपना र छाला चम्किलो बनाउन समेत यसले राम्रो मद्दत गरेको हुन्छ ।

ताजा र हरियो सागसब्जी खानुका फाइदाहरु

१. हरियो सागमा फ्याट र क्यालोरी कम हुन्छ । यसले मोटो हुनबाट रोक्दछ । पेट सफा राख्दछ । पेटमा भएको विषादी हटाउन समेत यसले राम्रो मद्दत गर्दछ ।

२. नियमित हरियो तरकारी खानेहरूको छाला धेरै राम्रो हुन्छ । हरियो तरकारीमा एंटीऑक्सीडेंट भिटामिन ए र सि पाइने हुनाले यसले छालालाई राम्रो फाइदा गर्दछ ।

३. आजको युगमा हरियो सागसब्जी नखानुको परिणामले हाम्रो कपाल झर्ने समस्या बढी देखिएको छ । यस्तो समस्या हल गर्न समेत हरियो सागसब्जीले राम्रो भुमिका खेलेको हुन्छ । कपाल झर्ने समस्या भएकाहरूले हरियो सागसब्जी खानुस भन्ने हाम्रो राय छ ।

४. नियमित हरियो सागसब्जी खानाले उच्च रक्तचाप नियन्त्रण गर्दछ । हरियो सागमा पाइने पोटेशियमले हाम्रो शरिरमा साल्टको मात्रा बढ्न नदिने हुनाले व्लड प्रेशर बढ्नबाट रोक्दछ । वल्ड प्रेशरका रोगीले हरियो फलफूल र साग तरकारी प्रशस्त सेवन गर्नुपर्दछ ।

५. हरियो तरकारीमा भिटामिन प्रशस्त पाइन्छ । हरियो सागमा आइरन, क्यालशियम, भिटामिन ए, सि, के, ग्लाइसेमिक जस्ता थुप्रै भिटामिन पाइने हुनाले धेरै रोगहरू निको बनाउन राम्रो मद्दत गर्दछ । सुगरका रोगीले हरियो तरकारी नियमित सेवन गर्नाले सुगरको लेवल नर्मल गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

किसमिस खानुका फाइदाहरु

यस्ता छन् भट्मास खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

हरियो तरकारीसंग च्याउ खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!