खानपान

यस्ता छन् भट्मास खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भट्मास, जसलाई प्रोटिनको स्रोत मानिन्छ । यसको अतिरिक्त भट्मासमा भिटामिन-ए पनि भरपूर मात्रामा भएकोले भट्मास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ । जो शरीरलाई फिट राख्न धेरै आवश्यक हुन्छ ।

मानव शरीरलाई स्वस्थ रहन र राम्रोसँग काम गर्नको लागि सन्तुलित आहारको आवश्यकता पर्छ । सन्तुलित आहारको सेवन गरेर मात्रै शरीरको वृद्धि विकास राम्रोसँग गर्न सकिन्छ । शरिरको वृद्धि विकासमा प्रोटिनको भुमिका महत्वपुर्ण हुन्छ । प्रोटिन हाम्रो शरिरको कोष र तन्तुको मर्मतका लागि महत्वपूर्ण मानिन्छ ।

त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन्, उनीहरुका लागि भट्मास धेरै फाइदाजनक हुन्छ । तर केही व्यक्तिका लागि भने भटमासले बेफाइदा पनि गर्न सक्छ भनेका छन् ।

भटमास स्वास्थ्यका दृष्टिकोण ले धेरै फाइदा भएको एक अध्ययनले देखाएको छ । कतिपय पत्रपत्रिकामा भटमास बिष समान भएको जीकिर गरेको पाइन्छ यो निराधार हो भन्दा खासै फरक छैन । मानिसले खाने हरेक वस्तुमा खराबी छ भन्दैमा के ती बस्तु खान छोड्ने ।

उदाहरणको रूपमा हामीले नुनलाई लिन सक्छौं । मानव जीवनमा नुन धेरै खाएमा क्यान्सर हुन सक्छ । आयोडिनयुक्त नुन जसलाई कम छ सेवन ठिक छ तर जसलाई कम छैन त्यस्ता व्यक्तिको हकमा आयोडिन नुन अत्यधिक सेवनले क्यान्सर हुनसक्छ भनेको छ ।

हरेक मानवको लागी आवश्यक पौष्टिक तत्व पाइने स्रोत भनेकै हरियो सागसब्जी र गेडागुडि हो तर यस्ता बस्तुलाई खाएर मानिस लामो आयुसम्म बाँच्न सक्छन् तर आज हरेक वस्तुमा विषादी मिलाउनाले स्वास्थ्यमा नकरात्मक असर भएको नकार्न सकिदैन ।

मासु होस् या व्वइलर कुखुरा होस् या दूध किन नहोस् सबैमा औषधि प्रयोग भएको छ । यस्ता वस्तु सेवन गर्नाले नै आज मानिस रोगको दलदलमा फस्दै गएका छन् । आज मानिस यतिबेला हाय पैसा भन्ने चक्करमा छन जसरी हुन्छ पैसा कमाउनुपर्छ भन्दै स्वास्थ्यमा समेत खेलवाड गर्दै रोगको दलदलमा आफुलाई र सिङ्गो नेपाललाई रोगको दलदलमा फसाउदै छन् ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

किसमिस खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

हरियो तरकारीसंग च्याउ खानुका फाइदाहरू

स्वास्थ्यको लागि करेला खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!