आयुर्वेद

औषधीको रुपमा तितेपातीको प्रयोग

औषधिमा महाराजा मानिएको तितेपाती नेपालको हिमालदेखि तराईसम्म पाइने एक किसिमको जडीबुटी हो । गाउँघरमा पाइने तितेपाती औषधीको काम मात्र होइन धार्मिक कार्यमा समेत उपयोगी हुने गरेको छ । यो मलिलो माटो भएको खेतीबारीको छेउछाउ, हल्का सेपिलो हुने कोप्चेइलो ठाँउ र एउटै बिरुवा हुने पाखो भन्दा बहुजाति बिरुवा हुने ठाँउमा खेतिछेउ बढी हुने गर्दछ । यो वनस्पति समुद्री सतहबाट ३०० देखि २४०० मिटर उचाई सम्मको भूभागमा हुर्कने गरको पाईन्छ।

यसको उपयोग जडिबुटीका रूपमा र सौन्दर्यको साधन अत्तर निर्माणको लागि प्रयोग गरिन्छ । जहाँ पनि हुर्कने यो वनस्पति नेपाली किसानहरूले आफ्ना पशुहरूका लागि घाँस र सोत्तरको रूपमा पनि प्रयोगमा ल्याउने गर्दछन् । धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसको छुट्टै महत्व छ । यसको पात टुप्पाको तेल निकाली विभिन्न रोगमा औषधिको रुपमा प्रयोग गरिन्छ । गाउँघरमा पाइने तितेपातीको औषधीको रुपमा निम्न अनुसार प्रयोग गरिन्छ ।

यो पनि पढ्नुहोस्

नीम र यसको प्रयोग

कालो तिल र यसको प्रयोग

धनिया र यसको प्रयोग

धतुरो र यसको प्रयोग

अँडिरको तेल र यसको प्रयोग

जडिबुटी अपमार्ग र यसको प्रयोग

जामुन र यसको प्रयोग

औषधीको रुपमा प्रयोग

१. लुतो घाउ खटिरामा

लुतो घाउ खटिरामा तितेपातीको पात माडेर ताजा रस लगाउनाले निको हुन्छ ।

२. कपालको चाँया हटाउन

कपालको चाँया हटाउन तितेपाती तोरीको पिनासँग मिसाएर लगाएमा लाभदायक हुन्छ ।

३. मधुमेह रोगमा

मधुमेह रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिनसम्म खाएर बन्द गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुुहुदैन ।

४. जुका चुर्ना परेमा

जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।

५. किटनाशक र एलर्जी हटाउन

विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ ।

६. युरिक एसिडमा

युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ ।

Like & Follow us on Facebook

७. धेरैजसो रोगमा

बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ । तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।

८. ज्वरो र विषाक्त शरीरमा

यसको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।

९. त्रिदोष घटाउन

बाथ, पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् ।

१०. छाला रोगमा

छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ ।

११. सुन्निएको ठाउँमा

सुन्निएको ठाउँमा तातो पट्टि बाँधि दिँदा सन्चो बनाउँछ ।

१२. कीरा मार्न

बोटबिरुवा , अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच-सात लिटर पानीमा मिलाई ५-६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!