आयुर्वेद

पीपल र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो देशमा पीपलको रूखको पुजा गर्नाले फल प्राप्त हुने धार्मिक मान्यता छ । पीपलको रूखको पात बोक्रा सवै औषधिको रूपमा प्रयोग हुन्छ । हिन्दू धर्ममा सवैभन्दा महत्वपूर्ण रूखमा पीपललाई मानिएको छ । आयुर्वेदमा यसको ठूलो महत्व छ । आज यसको प्रयोग सम्बन्धी जानकारी पस्कन गई रहेको छु । यस्ता कुराको जानकारी हुन सके राम्रो फाइदा हुनेछ । हाम्रो वरीपरि यस्ता अनेकौं जडिबुटी छन् तर प्रयोग हुन सकेका छैनन् । हामीले हाम्रो नेपाली जडिबुटीलाई विर्सनु हुदैन । यदि समयमा हामीले जडिबुटी प्रयोग गर्ने बानी बसाल्न सके ठूलो फाइदा लिन सक्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

पीपलको धार्मिक महत्व

औषधिको रुपमा पीपलको पातको प्रयोग

पीपलसँग सम्बन्धित धार्मिक विधानहरू

आयुर्वेदिक दृष्टिकोणमा पीपलको महत्व

वैज्ञानिक दृष्टिकोणमा पीपलको महत्व

प्रयोग

१. यसको पातको काढा वा चिया बनाएर प्रतिदिन सेवन गर्नाले मुटुको रोगमा राम्रो फाइदा गर्दछ । यसको प्रयोग गर्नाले शरीर सुनिएको समेत निको हुन्छ ।

२. रगतमासी परेको बेला बोक्रालाई पकाएर सेवन गरेमा ठिक हुन्छ ।

३. २० ग्राम जति बोक्रामा ४०० एम.एल पानी राख्ने र पाक्दा पाक्दा सुकेर २०० एम.एल बाँकी भएपछि सेलाएर केहि दिन सेवन गर्नाले सुगर रोग निको हुन्छ ।

Like & Follow us on Facebook

४. नशा गुजलटने रोग (वेरिकोस वैन) यो रोगमा पीपलको प्रयोगले अनौठो फाइदा गर्दछ । यसको बोक्रा र पातको काढा बनाएर सेवन गर्नुपर्छ ।

५. आजकल जोर्नी २ दुख्ने रोग हरेक घरमा देखिन थालेको छ । यो रोगलाई वाथ भन्दछन् । यस्तो समस्या हल गर्न पीपलको काढाले राम्रो फाइदा गर्दछ । यसले युरिक एसिडलाई हटाउने काम गर्दछ । यसको बोक्रालाई पानीमा उमालेर दैनिक खानु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!