जीवन-दर्शन

श्रीमान श्रीमतीको सम्बन्ध प्रगाढ बनाउने टिप्सहरु

श्रीमान श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । श्रीमान श्रीमती बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ ।

श्रीमान श्रीमतीको सम्बन्ध संसारकै उच्चकोटीको भावनात्मक सम्बन्ध मानिन्छ । जसमा श्रीमान श्रीमती दुवै पक्षको आपसी समझदारीले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । श्रीमान श्रीमतीको सम्बन्ध प्रगाढ बनाउने केहि टिप्सहरु यस प्रकार छन ।

यो पनि पढनुहोस्

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु

श्रीमतीलाई खुशी बनाउने २५ टिप्सहरु

टिप्सहरु

१. श्रीमान श्रीमती एक-आपसमा सम्बन्ध प्रगाढ बनाउनको लागि श्रीमानले आफ्नो श्रीमतीलाई गर्ने कर्तव्य निर्वाह गरेकै हुनुपर्छ, जुन घरमा श्रीमतीले आफ्नो घरपरिवालाई गर्ने कर्तब्य जिम्मेवारी पुरा गरेको हुन्छ त्यहि घर नै सुखी र राम्रो मानिन्छ ।

२. जे छ त्यसैमा रमाउनुपर्छ । आफुसंग भएको चिजको भरपुर प्रयोग गर्नुपर्छ । त्यसमै सन्तुष्ट हुन सक्नुपर्छ । यसले सम्बन्ध अगाडि लैजानको लागि जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।

३. सन्तानको जहिले पनि घर परिवारमा महत्वपूर्ण भुमिका रहेको हुन्छ । जुन घरमा संन्तान हुन्छ त्यो घरमा पनि श्रीमान श्रीमतीको सम्वन्ध राम्रो नै भएको देखिन्छ ।

४. श्रीमान श्रीमती बिचको दुरीमा नाता पनि एक आवश्यक भुमिका निर्वाह गरिरहेको हुन्छ । नाताले टाढाको सम्बन्धलाई नजिकको पनि बनाउने गर्दछ ।

Like & Follow us on Facebook

५. घर परिवारमा झै झगडा भई नै रहन्छ तर हामीले यसलाई नियन्त्रण गर्न सक्नुपर्छ ।

६. जुन घरमा आर्थिक स्थिति सबल छैन, त्यो घरमा कलह नै भइरहेको हुन्छ । आवश्यकता परिपूर्ति गर्नको लागि आर्थिक पक्षले राम्रोसंग साथ दिएन भने दुई जनाबीच मनमुटाबको वातावरण सिर्जना भई सम्बन्धमा दरार आउने सम्भावना हुन्छ । त्यसैले सम्बन्ध प्रगाढ बन्नको लागि आर्थिक पक्षको उल्लेखनीय भुमिका हुन्छ ।

७. श्रीमान श्रीमतीबीच सम्बन्ध प्रगाढ बनाउनको लागि एक-आपसको सहकार्य पनि एक महत्वपूर्ण आधार मानिन्छ । जुन श्रीमान श्रीमातीको बीचमा भावना आदान-प्रदान भई एक-आपसमा दुःख, सुख सर्मपित भएको हुन्छ, त्यो सम्बन्ध पनि धेरै नै बलियो सम्बन्ध बन्न पुग्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!