जीवन-दर्शन

श्रीमान श्रीमतीले अरुसँग कहिल्यै भन्न नहुने कुराहरु

श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । श्रीमान श्रीमती बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ । त्यसैले विवाहित श्रीमान श्रीमतीले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा तेस्रो व्यक्ति वा आफ्नो अति नै नजिक साथीसँग पनि त्यस्ता केही कुराहरु सेयर गर्नुहुँदैन जसले तपाइँको वैवाहिक जीवन नै पूर्णरुपमा बिगारिदिन सक्छ ।

आफ्नो सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा स्टाटस हाल्नु वैवाहिक जीवनमा नोक्शानी पु-याउन सक्छ । श्रीमान श्रीमती बीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले जानीकन वा नजानीकन साथीहरुसँग सेयर गरिरहेको हुनसक्छ । त्यसले तपाइँको सम्बन्धमा टकराव पर्ने वा अन्य तेस्रो व्यक्तिले अनावश्यक लाभ उठाउने अवसर पनि मिल्दछ । तपाइँको व्यक्तिगत जीवनको कुरा सार्वजनिक स्थलमा छलफल हुनु वा सामाजिक सञ्जालमा मजाकको विषय बन्नु तपाइँ आफैलाई घाटा हो । त्यसैले यस्ता कुरामा बडो चनाखो हुनुपर्दछ ।

यो पनि पढनुहोस्

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु

श्रीमतीलाई खुशी बनाउने २५ टिप्सहरु

श्रीमान श्रीमतीले अरुसँग कहिल्यै भन्न नहुने कुराहरु

१. बेडरुमको कुरा

तपाइँको जति मिल्ने साथी भएपनि बेडरुमको कुरा कहिल्यै अरु साथीहरुसँग सेयर नगर्नुहोस् । यो तपाइँको व्यक्तिगत कुरा हो । तपाइँको बेडरुमको कुरा अन्य व्यक्तिले चासो रुपमा त सुन्लान् तर तपाइँकै पछाडी उसले जोकको रुपमा अन्य साथीहरुलाई पनि सुनाउन सक्छन् । त्यसरी तपाइँको बेडरुम भित्रको कुरा एक दुई हुँदै धेरै मान्छेको कानमा पर्न सक्छ । यदि यस्तो कुरा तपाइँको श्रीमान वा श्रीमतीले थाहा पाउनुभयो भने उनको मनमा नराम्रो असर पर्नसक्छ र तपाइँको बेडरुमको कुरा अरुको लागि खिल्ली उडाउने माध्यम बन्छ ।

२. श्रीमान श्रीमती बीचको झगडा

श्रीमान श्रीमती बीच कहिलेकाहीँ झगडा हुन सक्छ । भनिन्छ नि श्रीमान श्रीमती बीचको झगडा परालको आगो हो । यो एकछिन बल्छ र चाँडै निभ्छ । तर यही कुरा अरुले थाहा पाउँदा दुई बीचको झगडा झन सल्किन सक्छ । त्यसैले कोही साथीको सहानुभूति पाउने मनशायले वा दुःख सेयर गर्ने ठानेर कहिल्यै पनि आफ्ना साथीहरुसँग घरको झगडाको कुरा सेयर गर्नु हुँदैन । यसले तपाइँको पार्टनर अरुको नजरमा तल खस्छ र उनको चरित्र वा व्यवहारमाथि अनावश्यक औंला उठाउन सक्छन् । लामो समयसम्म पनि त्यही नराम्रो चरित्रका रुपमा अरु साथीमाझ चिनिन पुग्छ ।

३. आर्थिक अवस्थाका कुरा

श्रीमान वा श्रीमतीले एक अर्काको कमाई वा आर्थिक अवस्थाका बारेमा अन्य साथीहरुसँग सेयर गर्नुहुँदैन । दुःख-सुखको कुरा श्रीमान श्रीमती बीच मात्रै राख्नु पर्छ । मेरो श्रीमानको कमाई राम्रो छैन् वा मेरो श्रीमतीले राम्रो कमाई गर्न सक्दैनन् भनि अरुलाई सुनाउँदा उनीहरुले तपाइँको आर्थिक हैसियत जान्ने मौका पाउँछन् र तपाइँलाई उनले सजिलै नजर अन्दाज गर्न सक्छन् ।

Like & Follow us on Facebook

४. नकारात्मक कुरा

आफ्नो सम्बन्धमा आएको झगडाको कुरा वा कमजोरीका कुरा साथीहरुसँग सेयर गर्नुहुँदैन । यसरी नकारात्मक कुराहरु मात्र साथीहरुसँग सेयर गर्दा साथीभाई माझ तपाइँको छवि राम्रो बन्दैन । तपाइँको सम्बन्ध बिग्रेको ठानेर अरु साथीहरुले तपाइँको सम्बन्ध सुमधुर बनाउनु भन्दा डिभोर्सतर्फ लाग्ने सल्लाह पनि दिन सक्छन् । जुन तपाइँको वैवाहिक जीवनमा घातक सिद्ध हुन सक्छ ।

५. पुरानो सम्बन्धको बारेमा कुरा

श्रीमान वा श्रीमती दुबैले आफ्नो विवाहित साथीको पुरानो सम्बन्धका बारेमा कसैसँग कुरा गर्नुहुँदैन । तपाइँका साथीहरु तपाइँको शुभचिन्तक मात्र हुनसक्छ भन्ने छैन, उनीहरु तपाइँको पूरानो सम्बन्धको बारेमा थाहा पाउँदा इमोशनल ब्ल्याकमेल गर्ने खतरा समेत हुनसक्छ । जुन तपाइँको वैवाहिक सम्बन्धलाई बिगार्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!