राजनीतिराष्ट्रिय समाचार

सत्ताधारी भएतापनि राष्ट्रहित विपरीत लम्पसार पर्दैनौं : दिलनाथ गिरी

काठमाडौं, २०७३ मङ्सिर ७,  मंगलबार । सत्ताधारी भएतापनि राष्ट्रहित विपरीत लम्पसार पर्दैनौं : दिलनाथ गिरी । केपी ओली सरकारको वहिर्गमनसँगै विपक्षी बनेको राप्रपा नेपाल पार्टी एकीकरणसँगै सत्ताधारी भएको छ । यो एकीकरणले सत्ताधारीहरुलाई खाजेकै जस्तो भयो भन्ने अड्कल काट्न थालिएको छ र सत्तामा रहेका कांग्रेस–माओवादी पनि मनमनै खुसी भएका छन् ।

एकिकृत राप्रपाको एकीकरण सत्ताधारीले सोचे जस्तो र विज्ञले अड्कल काटे जस्तो नरहेको संदीय दलका मुख्य सचेतक दिलनाथ गिरीले बताउनु भयो । गिरीले भन्नुभयो, ‘पार्टी एकीकरण भइसकेको अवस्थामा सत्ताधारी दल होइन भन्न नैतिकताले नै दिँदैन । तर, भूमिका निर्वाह गर्ने विषयमा कुरा हुन बाँकी छ ।’ दुई जना मन्त्री अहिले पनि सरकारमा छन् । उनीहरु नबाहिरिने भएपछि सोही अनुसार पार्टीले छलफल र निर्णय गर्नुपर्ने हुन्छ।
संविधान संशोधनका विषयमा सरकारले अझै आफुहरुसँग आधिकारिक रुपमा प्रस्ताव नराखेको भन्दै गिरीले भन्नुभयो, ‘हामीले कसैलाई सजिलो पार्नका लागि एकीकरण गरेका होइनौं ।’ एउटा कुरा यो विर्सनु हुँदैन कि राप्रपा राष्ट्रलाई अहित हुने कुरामा कहिल्यै लम्पसार पर्दैन । राष्ट्रलाई अहित हुने अवस्थामा कुनै सहयोग हुनेवाला छैन ।’ राष्ट्रिय हितमा आउने कुनै प्रस्ताव अस्वीकार्य छैन । राष्ट्रियताको संरक्षण र राष्ट्रहितका लागि कुनै शक्तिहरु जुटे वा प्रस्ताव आए अस्वीकार गर्दैनौं ।’ राष्ट्रिय हितमा हुने हरेक सम्झौता मान्य छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!