राजनीति

थर्ड डिभिजन ल्याउनेहरु राजनीतिमा लागेकोले देश बनेन : साँसद चन्द्र भण्डारी

काठमाडौं, ७ मंसिर । थर्ड डिभिजन ल्याउनेहरु राजनीतिमा लागेकोले देश बनेन : साँसद चन्द्र भण्डारी ! मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा साँसद चन्द्र भण्डारीले भने नेपालका राम्रा र जेहेन्दार विद्यार्थीहरु अमेरिका जस्ता विकसित देशमा पलायन हुने, एसएलसी परिक्षामा फष्ट डिभिजन ल्याउनेहरु खाँडी जाने अनि थर्ड डिभिजन ल्याउनेहरु राजनीतिमा लागेकोले देश बन्न नसकेको समेत गुनासो पोखे ।

उनले पहाड र मधेश मिलेर बस्नै हुन्न भन्ने मानसिकताका कुराहरु बाहिर आएकोमा कडा आक्रोश पोख्दै भने,‘को कहाँ बस्ने भन्ने कुरा काठमाडौंमा बसेर दुई जना नेताले फैसला गर्ने होईन, त्यो त्यहीँका जनताले फैसला गर्ने कुरा हो ।’

उनले भने ‘नेपालमा संघीयता नै बाधक हो भने यसलाई जनमतसंग्रहबाट टुँगो लगाउनुपर्छ, यसको नाममा मुलुकलाई बन्धक बनाउने काम कसैले गर्नुहुँदैन, अबको भावी पुर्खा अलमलिएर बस्न हुँदैन र सक्दा पनि सक्दैनन् ।’   एमालेजस्तो पार्टीलाई बाहिर राखेर संविधान संशोधन गर्ने हो भने भोलि यो देशको अवस्था के होला ?’

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!