साहित्य-कला

देशको सिमा र मनको बह

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

देशको सिमा र मनको बह

”कृष्णको द्वारिका, शिव र रामको राज्य झैँ होस देश नेपाल
बुद्धको चाहना झैँ होस यो देशको हरेक सिमाना हरेक साँध”
*****
म मनमा एक दिप बालेर यो देशको सिमालाई पनि खोजौँ
मेरो देश र नेपालीको सम्बृद्दिको कामना मनले हरपल गरौँ
देशका कुनाल काप्चा जगमगाउन् म कामना हरपल नै गर्छु
असल मन देश हितमा अग्रसर बनुन म चाहना हरदम नै गर्छु

मनको बाँध र देशको सिमा यहाँ अचुक रहोस है सँधै सँधै !
मायाँले मन र पौरखले देश सिड्गार गरौँ हामी हास्दै सँधै !!
मनका सुन्दर पनले हरेक यी मनलाई हामी हेरौँ सँधै सँधै !
देशलाई आफ्नो मुटु झैँ मानेर सम्मान हामी गरौँ सँधै सँधैँ !!१

सिड्गारौ यो देश,बनाऔँ यो देश, बनाऔँ जीवन हामी !
मुटुमा सजाऊँ ति प्यारा मानिस; आशिर्वाद मागौँ पनि !!
ईश्वरको वर्दान यी सन्ततिलाई र राष्ट्र अनि यो देशलाई !
ति प्यारा मानिस, विश्वका मानिस, आफन्त दाजु-भाइलाई !!२

मुटुमा बसाऊँ देशको मायाँलाई शिरमा देशलाई राखौँ है !
विकास गरौँ मिलाई मनलाई एकता भाव हामी जगाऊँ है !!
पूर्व र पश्चिम, उत्तर, दक्षिण कुना काप्चासम्म हामी पुगौँ है !
बाटा, घाटा र पुल, उधोग शाला खोलौ हामी भ्याएसम्म नै !!३

सन्तानले हाँसी सम्झेलान हाम्लाई शिर पनि झुकाउलान्!
गरेर गए है पुर्खाले देशलाई भनेर झनै हामीलाई मान्लान् !!
कोखमा राखौँ; हर सन्तानको मायाँ छातीमा यो देशलाई !
सद्दभावमा राखौँ आफन्त, साथी, ईष्ट-मित्र, छिमेकीलाई !!४

मनका मानिसलाई मुटुमा सजाऊँ र मायाले सिड्गारौ !
जीवन यो पायौँ धन्यवाद भनौ तिनै जन्मदाताहरुलाई !!
साथीको साथ अति अपूर्व हुन्छ जीवनको हरेक मोडमा !
शिक्षाले यो जीवन उज्यालो पारौँ कर्मको हरेक पाटोमा !!५

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!