Uncategorized

विजया दशमी २०७३ को हार्दिक मंगलमय शुभकामना !

विजया दशमी २०७३ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

श्री भगवती देवीको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ श्रीभगवती देवीको आशिर्बाद सदा प्राप्त भईरहोस ! हजुरका कोमल पाउमा कोटी कोटी नमन ! ! ! ! !

ॐ जयंती मंगला काली भद्रकाली कपालिनी,

दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !!

ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके,

शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते!!

ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते,

भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते!!

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,

सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत्!!

दशै नेपालीको सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिक भन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ।
त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ ।
दशैँको टीकाका ५ वटा वैदिक मन्त्रहरू (पुरुषका लागि सबै ५ वटै मन्त्रहरू र महिलाका लागि २ देखि ५ सम्मका ४ वटा  मन्त्रहरू) :

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्ति भवतां कीर्तिश्च नारायणे ॥१।।

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु
गोवाजिहस्ति धनधान्यसमृद्धिरस्तु ।
ऐश्वर्यबलमस्तु विजयोSस्तु रिपुक्षयोSस्तु
सन्तानवृध्दिसहिता हरिभक्तिरस्तु ॥२।।

मन्त्रार्था: सफला: सन्तु पूर्णा: सन्तु मनोरथा: ।
शत्रुंणा बुद्धिनाशोSस्तु मित्राणांमुदयस्तव ॥३।।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥४।।

ब्रम्हा करोतु दीर्घायु विष्णु: करोतु सम्पद: ।
हरो हरतु पापानि गात्रं रक्षतु चण्डिका ।।५।।

गोपाल भण्डारी
 (सम्पादक)
 साईन्स इन्फोटेक 

Website : http://np.scienceinfotech.com
Facebook Page : https://www.facebook.com/scienceinfotech/

Facebook Group : https://www.facebook.com/groups/1386200971647969/

Twitter : https://twitter.com/scienceinfotec1

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!