अन्तर्राष्ट्रिय समाचार

सन् २०१६ को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

असोज १८, २०७३ । सन् २०१६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिईने भएको छ । युनिभर्सिटी अफ वासिंङ्टनका डेविड जे थुलेस, प्रिन्सटन युनिभर्सिटीका डन्कन हाल्डेन र ब्रोवन युनिभर्सिटीका माइकल कोस्टलिट्जलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिने भएको हो। तीनै जना रिसर्चरले तत्वमा भौतिक असर पत्ता लगाउन गणितको प्रयोग गरेका थिए।

पुरस्कार कमिटीले स्वीडेनमा आयोजित पत्रकार सम्मेलनमा तत्वको विभिन्न किसिमको बारेका खोज अनुसन्धान गरेका तीन वैज्ञानिकहरुलार्ई पुरस्कार दिने घोषणा गरिएको हो । उनीहरूले पदार्थको फेज ट्रान्जिसन पत्ता लगाएका हुन् । फेज ट्रान्जिसनले पदार्थमा आउने आकस्मिक परिवर्तनलाई जनाउँछन् । बरफ कसरी पानी बन्छ अनि पानी कसरी बाफ बन्छ भन्ने कुराको प्रगति फेज ट्रान्जिसनले देखाउँछ ।

उनीहरुलाई ‘पदार्थको रहस्यमयी अवस्था’ को खोजका लागि पुरस्कृत गरिएको हो। सघन पदार्थसम्बन्धी रहस्यको उनीहरुको खोज टोपोलोजीका लागि महत्वपूर्ण हुने जनाइएको छ। यी परम्परागत ठोस, तरल र वायु पदार्थमा परिवर्तनका अलावा पदार्थले विद्युतीय गुणमा पनि आकस्मिक संक्रमण प्राप्त गर्छन् भनी यी तीन वैज्ञानिकले पत्ता लगाएका हुन् । उनीहरूले रहस्यमयी विद्युतीय गुण थुप्रै पदार्थमा हुन्छ भनी प्रमाणित गरेर देखाए ।

पत्रकार सम्मेलनमा बोल्दै नोबेल पुरस्कार समितिले यी तीन वैज्ञानिकहरुले पत्ता लगाएको सो खोजले अज्ञात संसारको ढोका खोलिएको बताएका छन् । भौतिक तत्वको रहस्यमयी स्थिति पत्ता लगाएकाले उनीहरूले यो पुरस्कार पाएका हुन् । किन केही पदार्थमा अपेक्षा नगरिएको विद्युतीय सामग्री उपलब्ध हुन्छन् भन्ने कुरा उनीहरूको शोधबाट पत्ता लागेको थियो । भविष्यमा क्वान्टम कम्प्युटर बनाउनका लागि यो अनुसन्धानले मद्दत गर्नेछ ।

पुरस्कार विजेताको नाम सार्वजनिक भएपछि हाल्डेनले आफू एकदमै सरप्राइज्ड र सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन्। ब्रिटिस ओरिजनका भएपनि यी तिनै जना अहिले अमेरिकामा बस्छन्। पुरस्कार वापत प्राप्त हुने ७ लाख २७ हजार पाउण्ड स्टर्लिङ तीन जनालाई दिईने छ । स्वीडेनमा भएको पत्रकार सम्मेलनमा १९०१ देखि भौतिकशास्त्रमा लगातार योगदान पुयाईरहेका अरु २ सय वैज्ञानिकहरुको नाम पनि सार्वजनिक गरिएको छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!