ज्योतिषशास्त्र

ज्योतिषशास्त्रमा राशी भनेको के हो ?

राशी नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्य, चन्द्रमा, र ग्रह आकाशमा पारगमन गर्छन । ज्योतिषहरूले यी नक्षत्रहरूमाथि ध्यान दिए र यिनलाई केही विशिष्ट महत्व दिए । समय संग-संगै उनीहरूले बारहौं नक्षत्रहरूको विशिष्टताहरूलाई ध्यानमा राखेर त्यसमा आधारित बारह राशिहरूको एक प्रणाली बनाए ।

राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन।

एकमा मेष र एवम् क्रमले बाह्रमा मिन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेँडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि छन्। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्ष काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन् ।

त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन् । ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – मेष-मङ्गल, वृष-शुक्र, मिथुन-बुध, कर्कट-चन्द्र, सिंह-सूर्य, कन्या-बुध, तुला-शुक्र, वृश्चिक-मङ्गल, धनु-वृहस्पति, मकर-शनी, कुम्भ-शनी, मिन-वृहस्पति । राशी स्थिर रहन्छ । ग्रहहरू गतिशील । कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ ।

यो पनि पढ्नुहोस् 

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

यस्तो छ राशीहरुका वीच हुने प्रेम र विवाहको सम्वन्ध

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

कन्या र तुलाको प्रेम सम्बन्ध कुन राशीसँग कस्तो हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!