मुख्य समाचार

जापानमा शक्तिशाली भूकम्प

एजेन्सी, कार्तिक ५, २०७३। जापानको टोटोरी प्रान्तमा शुक्रबार शक्तिशाली भूकम्प गएको समाचार छ । स्थानीय समयअनुसार शुक्रबार दिउसो २ बजेर ७ मिनेट जाँदा गएको सो भूकम्प ६.२ रिक्टर स्केलको मापन गरिएको जापानको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

टोटोरी प्रान्तलाई अत्यन्त प्रभावित बनाएको यस भूकम्पको केन्द्र विन्दु सो प्रान्तको आपपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । सञ्चार माध्यमका अनुसार भूकम्पबाट मनाविय वा भौतिक क्षति सम्बन्धि कुनै विवारण प्राप्त नभएको बताइएका छन् ।

भूकम्पको केन्द्र राजधानी टोकियोबाट ४३० माइल पश्चिममा रहेको छ । यद्यपी सो भूकम्पबाट कैयौँ व्यक्ति घाइते भएका एएफपी समाचार समितिले जानकारी दिएको छ ।

६.२ रेक्टर स्केलको भूकम्प पश्चात ५ रेक्टर र त्यो भन्दा केही साना आधा दर्जन भन्दा बढि पराकम्पन गइसकेको जापान सरकारले बताएको छ । साथै सरकारले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । (रासस/सिन्ह्वा/एएफपी )

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!