स्वास्थ्य

तरकारी फलफूलमा राखेको विषादीले मानव स्वास्थ्यमा पार्ने असर

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाली समाजमा जनचेतनाको अभाव छ । विषादी मिलाएको तरकारी फलफूल खानाले के कस्तो असर हुन सक्छ भन्ने जानकारीको अभावमा मानिसले जे पायो त्यही खाएर रोगको दलदलमा फस्दै गएको छ । विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता हुने, दिसा लागिरहने लगायतका समस्या देखिनुको साथै मुटु, फोक्सो, मिर्गौलालगायत संवेदनशील अंगमा क्षति पुग्ने भएको छ । कलिलो उमेरमै हृदयाघात, मिर्गौला फेल र क्यान्सर हुनुमा विषादी हालिएको तरकारी एवं फलफूल सेवन पर्मुख हो भन्दा खासै फरक छैन ।

जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तुको निर्बाध बेचबिखन र उपयोग भइरहेको छ । तरकारी एवं फलफूलमा विषादीको मात्रा र अवस्था परीक्षण गर्ने विश्वसनीय संयन्त्र छैन । एउटा लेबल भन्दा बढी विषादीको प्रयोग भएको छ भने स्वास्थ्यमा असर गर्छ। विषादीको मात्रा आवश्यक भन्दा बढी हुनाले युवा अवस्थामै कपाल फुल्ने, उच्च रक्तचाप र हर्मोन सम्बन्धी समस्या देखिएको छ ।

बर्तमान अवस्थामा के सानो के ठूलो सबैमा उच्च रक्तचाप, थाइराइड जस्ता समस्या विकराल बन्दै जानुमा सागसब्जी र फलफूलमा विषादी प्रयोगलाई मान्नुपर्छ । विकसित मुलुकले प्रयोग गरेको कीटनाशक औषधि अहिले नेपाल र भारतमा प्रयोग भइरहेको छ । स्वास्थ्यमा असर परेको पुष्टि भएपछि विकसित देशले विषादी प्रयोग बन्द गरिसकेको छ। नेपालमा जनचेतनाको अभावको कारण प्रयोग हुदै आएको देखिन्छ ।

यो पनि पढ्नुहोस्

सेक्स पावर बढाउने लसुन खानुका फाइदाहरु

स्वास्थ्यको लागि तोरीको साग खानुका फाइदाहरु

पालुङ्गोको साग र यसको फाइदा

बेथेको साग र यसका फाइदाहरु

मानव स्वास्थ्यको लागि चम्सुरको भाजी खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!