ज्योतिषशास्त्र

‘B’ बाट नाम शुरु हुनेहरु प्रेमको मामलामा यस्तो हुन्छ आचरण

प्रेमको मामलामा ‘B’ बाट नाम शुरु हुनेहरुको आचरण कस्तो हुन्छ? हेर्नुहोस् एकपटक! अलग-अलग नाम भएका व्यक्तिको अलग-अलग आचरण रहने कुरा त तपाईलाई थाहा नै होला । तपाईको नाम अनुसारको फल साथै कर्म रहने हुन्छ । जो-कोहीको नामको पहिलो अक्षरले छुट्टै मान्यता राख्ने गर्छ । नामको पहिलो अक्षरले तपाईको स्वभाव, बानी व्यवहार समेत निर्धारण गर्ने हुँदा तपाईको प्रेम जीवनमा समेत नामको पहिलो अक्षरले जानकारी दिने ज्योतिषशास्त्रमा उल्लेख रहेको छ । आज हामी ‘B’ बाट नाम शुरु हुनेहरुको प्रेम जीवनका बारेमा चर्चा गर्न गईरहेका छौं ।

‘B’ बाट नाम शुरु हुनेहरु विशेषतः सामाजिक रहने गर्छन भने रोमान्टिक समेत रहने गर्दछन् । साथै यी मानिसहरु हल्का मुड्डी समेत रहने भएका कारण छिट्टै साथी बन्ने गर्छन भने छिट्टै मित्रता समेत तोड्न सक्लान् । ‘B’ बाट नाम शुरु हुनेहरु सानो-सानो कुरामा पनि खुशी रहन सक्छन । जसका कारण रिसाएको अवस्थामा समेत यिनीहरुलाई मनाउना खासै गार्हो नहुने हुन्छ। आफ्नो गल्तीबाट पाठ सिक्न सक्ने खुबी भएका कारण यिनीहरुलाई जीवनमा सिक्ने अवसर धेरै मिल्न सक्छ । हरेक कार्य सतर्क भएर गर्ने हुँदा खासै त्रुटीको यिनले सामना नगर्न सक्छन् ।

प्रेमको मामलामा सहन शक्ति रहने भएका कारण ‘B’ बाट नाम शुरु हुने व्यक्तिसंग जोडिएको सम्बन्ध खासै नटुट्ने हुन्छ । ‘B’ बाट नाम शुरु हुनेहरु प्राय: प्रेम विवाह गर्ने गर्छन । साथै सहनशक्ति भएपनि यिनीहरु कुण्ठित रहन भने मन नपराउने गर्छन । इमान्दारिताका साथ सम्बन्ध राख्न रुचाउने यी व्यक्तिहरु केहि हदसम्मको पनि धोका नरुचाउने हुँदा सहयात्रीले भने संयम रहनुपर्ने हुन्छ । प्रेमको मामलामा कुनै पनि प्रकारको वलिदान गर्नसक्ने ‘B‘ बाट नाम शुरु हुनेहरु प्राय: घुम-घाममा व्यस्त रहन रुचाउछन् ।

यो पनि पढ्नुहोस्

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य

‘R’ बाट नाम शुरु भएका मानिसहरुको स्वभाव

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!