ज्योतिषशास्त्र

‘R’ बाट नाम शुरु भएका मानिसहरुको स्वभाव

‘R’ बाट नाम शुरु भएका मानिसहरुको स्वभाव । तपाईको नाम कुन अक्षरबाट सुरु हुन्छ त्यसबाट तपाईको आफ्नो स्वभाव, व्यक्तित्व र भविश्यको बारेमा धेरै नै कुरा पत्ता लगाउन सकिन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ । कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ ।

नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के-कस्ता कुराको सामना गर्न सक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, ‘R’ बाट नाम शुरु भएका मानिसहरुको स्वभाव कस्तो हुन्छ थाहा पाऔँ ।

१. ‘R’ बाट नाम शुरु भएका मानिसहरुको गुण ९ अंकसँग मेल खानेगर्छ । यस्ता व्यक्तिहरुमा सहन सक्ने क्षमता, बुद्धिमान र मानवता जस्ता गुणहरु उच्च हुने गर्छन् ।

२. विचारका हिसाबले पनि उनीहरु अरुको अगाडि डिप्लोम्याट जस्तै देखिन्छन् । व्यक्तिगत चरित्रमा पनि उनीहरु बलियो हुने गर्छन् । उनीहरुमा सोच्न सक्ने क्षमता, दया, र उच्च विचार बढी हुन्छ । परिवार, साथी, तथा घरप्रति उनीहरुको सधै न्यानो भावनाहरु रहिरहन्छ ।

३. ‘आर’ बाट नाम सुरु भएका मानिसहरु प्राय: अरुको फाइदाका लागि बढी सोच्ने गर्छन् । अरुलाई सल्लाह सुझाव दिन र मद्दत गर्न सधै तयार रहन्छन् । त्यस्तै कुनै पनि समस्याको समाधानका लागि हरेक व्यक्तिलाई आकर्षित गर्न सक्छन् ।

४. उनीहरु सिर्जनशिल हुन्छन् । कला तथा संस्कृतिप्रति उनीहरुको चासो समेत रहेको हुन्छ । आरबाट नाम सुरु भएका मानिसहरु मनोरञ्जन गर्न ज्यादा रुचाउने गर्छन् । कुनै पनि सुन्दरताको बयान गर्न उनीहरु पछि पर्दैनन् ।

५. ‘आर’ बाट नाम सुरु भएका मानिसहरु दानी, भगवानप्रति विश्वास गर्ने खालका हुन्छन् । त्यस्तै नकारात्मक कुरा गर्नुपर्दा उनीहरु छिट्टै रिसाउने खालका हुन्छन् । एउटा सानो कुरालाई लिएर धेरै सोच्ने गर्छन् । आफ्नोभन्दा पनि अरुको समस्या समाधान गर्न उनीहरु अग्रसर हुने गर्छन् ।

यो पनि पढ्नुहोस्

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!