राष्ट्रिय समाचारसमाचार

श्रावण २८ गते शुक्रबार राति अत्याधिक उल्कावर्षा हुने

बुधबार, २६ श्रावण २०७३ |

 स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण गत श्रावण २ गतेदेखि सक्रिय ययाति उल्कावर्षा श्रावण २८ गते शुक्रबारका दिन अत्यधिक मात्रामा हुने अनुमान नेपाली खगोलविद्‌हरुले जनाएका छन्। उल्का वर्षा भदौ ८ गते सम्म सक्रिय रहनेछ ।

अत्यधिक उल्का वर्षाको समय श्रावण २८ गते राति उत्तर तथा उत्तर-पूर्व आकाशमा देखिनेछ । २८ गते साँझ ६ः४५ देखि ९ः१५ सम्मको अवधिमा उल्कावर्षा बढी सक्रिय हुने अनुमान गरिएको छ । यसवर्ष प्रतिघन्टा १०० वटा सम्म उल्का वर्षा देख्न सकिनेछ।

‘यो उल्कावर्षाको स्रोत ययाति तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ययाति उल्कावर्षा नाम दिइएको हो।  उल्का वर्षा प्रतिसेकेन्ड ६० किलोमिटरसम्म हुने भएकाले करिब ७० किलोमिटर माथि पृथ्वीको वायुमण्डलमा घर्षण पैदा भई तारामाण्डलको जस्तो देखिन्छ। स्विफ्ट टटल पुच्छ्रेताराले पृथ्वीको परिक्रमा गर्न १३३ वर्ष लगाउँछ।

सन् १९९२ मा पृथ्वीको नजिक आएको स्विफ्ट टटलअब  ११० वर्षपछि सन् २१२६ मा पृथ्वी नजिक आउँदा नाङ्गो आखाँले नै देख्न सकिन्छ ।

उल्का वर्षा के हो ?

पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेताराको कक्षको नजिक आइपुग्छ तब धुलोका कणहरु र चट्टानहरु तीब्र गतिमा पृथ्वीको वायुमण्डलमा ठोक्किएर जल्दछन्। यसैलाई खगोल विज्ञानमा उल्कावर्षा भनिन्छ। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!