यौन जिज्ञासा

सेक्सको अतृप्तिले ल्याउन सक्छ समाजमा बिकृति, सेक्स पावर बढाउन के गर्ने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सेक्स अतृप्तिले पनि कहिलेकाहीँ समाजमा बिकृति ल्याउन सक्छ । श्रीमान त सन्तुष्टि हुनु भयो तर श्रीमति हुनु भएन भने पनि परिवारमा झगडा जस्ता समस्या निम्तन सक्छ या श्रीमतीलाई सेक्स चाहना भएन भने पनि यस्तो समस्या निम्तन सक्छ ।

सेक्सले ठूला-ठूला घटना निम्ताउन सक्छ । मैले एउटा यस्तो राम्रो परिवार बरबाद भएको देखेको छु । घटना यस्तो थियो श्रीमान कमजोर प्रकृतिका थिए व्यवसाय होटलको थियो त्यहाँ आउने जाने मध्ये एक जनासंग ती महिलाले शारीरिक सम्बन्ध राखेकी रहिछन् ।

पछि यो कुरा ती पुरूषलाई थाहा भयो यस्तो नगर भन्दा मानिनन् पछि यो घटनाले नाठासंग मिलेर श्रीमानलाई भिरबाट खसालेर मारिन । पछि मुद्दा मामिला भयो केहि बर्ष झेल बसेर आईन तर त्यो नाठाले पनि धोका दिएकाले आज उनी एक्लो हालतमा बसेकी छन् ।

पार्टनरमध्ये कुनै एकमा अधिक सेक्स हुनु तर अर्काेमा फिटिक्कै नभएको अवस्था सिर्जना भयो भने सम्बन्ध कस्तो होला ? अझ लामो समयसम्म यस्तो अवस्था कायम रह्यो भने त सम्बन्धमै तुषारापात हुनसक्छ । एक अध्ययनले सेक्स ठिक नभएकै कारण अमेरिकामा ४ लाखभन्दा बढी नागरिकले वर्षमा १० पटकभन्दा कम सेक्स गरेको पाइयो ।

नेपालमा बढ्दो सम्बन्ध-विच्छेदको एउटा ठूलो कारक बनिरहेको यौन असन्तुष्टि पनि यसकै रूप हो । यस्तो स्थितिमा आफ्नो पार्टनर त निराश हुन्छ नै, त्यसका साथै आफैंमा पनि हीनतावोध उत्पन्न हुनसक्छ । अझ लामो समय सेक्स कमजोर भएमा भने आपसी सम्बन्धमै दरार सिर्जना हुन सक्छ । त्यस्तै पार्टनरमा सेक्स उत्पन्न भएन भने के गर्ने ? अन्तै जाने वा निराश भएर बस्ने ? यो गम्भीर कुरा हो ।

यसै कुरालाई ध्यानमा राखेर मैले आज यो लेख तयार गरेको छु । आज वैदेशिक रोजगारमा जाने पुरूष होस या महिलामा यस्तो समस्या बढी देखिन थालेको छ । लामो समयसम्म सेक्स नभएमा पनि सेक्स इच्छा कमजोर हुन थाल्दछ । हरेक परिवारमा सेक्स सम्बन्धी जनचेतनाको अभावले यस्तो समस्या निम्तन सक्ने खतरा बढेको देखिन्छ ।

सेक्स कमजोर भए कुनमा छ यो कुरा पहिले बुझ्न सकिन्छ । यो समस्या पुरूषमा छ भने पुरूषले उपचार गराउन सक्नुहुन्छ तर यो समस्या यदि महिलामा छ भने महिलाले पनि उपचार गराउनुपर्ने हुन्छ । कतिपय अवस्थामा औषधि नखाई यसको उपचार गराउन सकिन्छ । सेक्स असन्तुष्टि हुनुमा मानसिक कमजोर पनि हुन सक्छ यस्तो भएमा दुवैले सेयर गरेर उपचार गराउन सकिन्छ ।

सेक्स पावर बढाउन के खाने के नखाने ?

१. रक्सीबाट टाढै रहनुस् यदि तपाईं सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथा अल्कोहल मिश्रित पेय पदार्थबाट टाढै रहनुस्, यसको सेवनबाट शरीर कमजोर हुन्छ ।

२. खानामा प्रोटिन समावेश गर्नुस् प्रोटिनको मात्रा बढी भएको खाना खाने गर्नुस् । अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफी मात्रामा प्रोटिन पाइन्छ ।

३. सन्तुलित आहारा खानुस् । यौनशक्ति बढाउन खानपानमा पनि पूरा ध्यान दिनुपर्छ । खानामा चिल्लो भएको पदार्थ सामेल गर्नुपर्छ । यसका साथै फलफुल तथा तरकारी बढी खानुपर्छ । शरीर स्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ ।

४. तनावबाट बच्नुस् । कुनै पनि प्रकारको तनावबाट टाढै रहनुपर्छ । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नु पनि स्वास्थ्यका लागि आवश्यक छ ।

५. अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।

६. काजु, बदाम, पीस्ता, छोकडा दैनिक सेवन गर्नाले सेक्स पावर बढाउन राम्रो मदत्त गर्दछ ।

उपचार

डाक्टरको परामर्श लिएर उपचार गराउनु सवैभन्दा उपयुक्त मानिएको छ । यसको उपचार भनेको पौष्टिक खाना हो ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वप्नदोष (Night Discharge) को रोकथाम र उपचार

शास्त्र भन्छ, यी १० महिलासंग राख्नु हुँदैन शारीरिक सम्बन्ध

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ ?

भुलेर पनि यौन सम्बन्ध राख्न नहुने यी महिलाहरु

यौन जीवन रोमाञ्चक बनाउने ७ टिप्सहरु

काउचोको प्रयोग गरेर बढाउन सकिन्छ सेक्स पावर

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!