लेखहरु

समाज परिवर्तन गर्ने पेशा पत्रकारिता

Amit Sangroula
अमित संग्रौला

कुनै पनि सत्य-तथ्य सूचनालाई सम्पादन गर्नु छापा माध्यम तथा विद्युतिय माध्यममा प्रशारण तथा प्रकाशन गर्नुलाई पत्रकारिता भनिन्छ । आजको यो समयमा पत्रकारिता गर्नु धेरै आवश्यक छ । समाज परिवर्तन र रुपान्तरणको लागी पत्रकारिताले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । यो पेशा समाज परिवर्तन गर्ने पेशा हो ।

सूचना पाउनु सबैको अधिकार भएकोले कोहि पनि सूचनाबाट बन्चित हुनु हुदैन । सूचनाको सहि उपयोग गरेर अरुलाई सूचना प्रदान गर्न सकिन्छ । त्यसकारण असल पत्रकारिता गर्नेको खाँचो परेको अनुभव गर्न सकिन्छ । पत्रकारिताले समाजलाई सहि दिशामा लैजान मद्दत पुर्याउछ ।

समाजमा भएको बढ्दो विकृति विसङ्ती बेथितिलाई हटाउन सक्नुपर्छ । देशमा भ्रष्टाचारले जरो गाडेको छ । यस्ता विकृति फैलिएको छ । पत्रकारिताको माध्यमबाट खबरदारी गर्ने हो । आजको पत्रकारिता बुलन्द हुन सक्नुपर्छ । हिजो समय र आजको समय फरक भइसकेको छ । हिजो सिमित कुराहरुले पुग्थ्यो भने आज असिमित आवस्यकताहरु बढेको छ । समय जति बित्दै गयो उतिनै मान्छेका धारणाहरु परिवर्तनको भएको छ ।

समाजमा अझैसम्म अन्धविश्वास कुप्रथाहरु ती कुराहरु हटाउँदै लानुपर्छ । आर्थिक विकास र समृद्धिको लागि यो अभिन्न अङ्ग हो । यो क्षेत्रमा समाजलाई सकारात्मक बनाउन सक्छु र, केहि कुरा दिन सक्छु भन्ने भाव भएकाहरुले यो क्षेत्रमा सफल भएको देखिन्छ । यो क्षेत्रमा आउनलाई  नि:स्वार्थ भाव भएर आउन सक्नुपर्छ । सहि सकारात्मक सकारात्मक सूचनाले समाज परिवर्तन गर्न सक्छ । तसर्थ यो पेशा मर्यादित र अनुशासित हुनुपर्छ ।

सबै जाति समुदाय वर्गमा सूचनाको पहुँच पुग्न जरुरी छ । पत्रकारितालाई आवाज विहीनको आवाज पनि भन्ने गरिन्छ । देशको आर्थिक विकास र उन्नतिमा यसले महत्त्वपूर्ण भुमिका खेल्दछ । यसमा लागेपछि निस्वार्थ भएर लाग्नुपर्यो । यस्तो मर्यादित पेशामा लागेर पनि आचारसंहिताको उल्लंघन गरेको देखिन्छ । चर्चा कमाउन विभिन्न अपराधीक बन्न पुगेका छन् । यो पेशा आफ्नो लागि गरिने समाजको लागी गरिने हो । त्यसकारण पत्रकारिता समाज परिवर्तन गर्ने पेशा हो ।

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा लेखक तथा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!