साहित्य-कला

सार्थक बनोस् नारी दिवश

नारी धरा झैँ महान बनुन अनि बनुन गार्गी र मैत्रेयी !
हरेक क्षेत्रमा उनी सम्मानित बनुन अनि खुशी रहुन हरेक नारी !!

नारी समाजमा सम्मानित हुन उठुन सुरक्षित बन्दै !
कडा कानुन बनुन मुलुकमा हाँस्न सकुन शिक्षित हुँदै !!

जन्मनासाथ पिडा नहोस नारी हुनुको त्रासले !
गर्व गरेर बाँच्न उनी पाउन आमा, साथी दिदी बहिनी सड्गी र छोरी हुने मिठो आशले !!

लिखित रुपमा मात्र अव कहिले पनि नआओस है नारीहरुको दिवश !
नारी नै असल सहयोगि बनुन् र साथी बनुन हाम्री हरपल !!

नारीहरुका शत्रु नारी हुने नआओस नराम्रो कुनै दिवश !
नारी पुरुषको असल मनले रचौँ यो सुन्दर जगत !!

दस्तावेज असल दिलको बनोस उद्दार बनुन हरेक नारी !
नारीहरुको समृद्दिमा रिष डाह नगरुन अव नारी र पुरुष !!

हरेक नारी यो देशका हस्ताक्षर बनुन अनि बनुन दिलका पनि रानी !
परिस्कृत र परिमार्जित पनि बनुन समृद्द बनुन हरेक नारी !!

हरपल सकारात्मक शोच पलाओस हृदयको कुना कुना सम्म !
मनको भावलाई दयाले मात्र लिपुन मायाँ फलाउन लटरम्म !!

पुरुषहरुको हृदयको भाव झैँ विशाल होस् नारीको पनि भाव !
उदार असल शोच बोक्दै नारी बनुन ,विशाल हुन नारीका हरेक भाव !!

दुई नारी मिली अर्की नारीका बात नराम्रा नगरुन कहिले !
एक नारीको सफलतामा असल भाव राखुन जहिल्यै !!

मनबाट साँच्चै पनि पृथ्वी झैँ बनुन सार्थक बनाउन जीवन !

नारी आमा, दिदी, बहिनी, पत्नी अनि हुन छोरी !!
ममताकी खानी बनि अटाउन हरेक असल मन भरी !!

ज्ञान बिवेकको पाटो समातुन अस्तित्व आफ्नो पनि उनी राखुन !
आफ्नालागि पनि उनी बाँचुन् देश र हरेक मनलाई पनि सँधै नै बचाउन् !!

नारा अनि भाषण भन्दा पनि माथी उठ्न सकुन हर नारी !
साँच्चै एउटी नारी उठ्दा सघाउन साथी बनेर नारी !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!