जीवन-दर्शन

पुरुषलाई कस्ता नारी मनपर्छ ?

नारी र पुरुष भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । त्यसकारण नारीलाई पुरुष एवं पुरुषलाई नारीको आवश्यकता पर्छ । पुरुषहरुले नारीका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो नारीहरुले ध्यान दिने गरेका हुन्छन् । नारीहरु पुरुषको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् । यसका लागि नारी-पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् । यहाँ पुरुषको रोजाइमा कस्ता नारी पर्छन् भन्ने जिज्ञासा शान्त पार्ने कोशिश गरिएको छ । त्यस्ता केही विशेष गुण भएका महिलालाई सुन्दरता औसत मात्र भए पनि पुरुषले अत्यधिक रुचाउँछन् । पुरुषलाई कस्ता नारी मनपर्छ भन्ने बारेमा तल प्रस्तुत गरिएको छ।

यो पनि पढ्नुहोस् 

नारीलाई भुतुक्कै पार्ने पुरुषमा हुनुपर्ने ११ गुणहरु

महिलासँग भुलेर पनि सोध्न नहुने कुराहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

किन केटीहरु दारी पाल्ने केटाप्रति आकर्षित हुन्छन

महिलाले पुरुषको केके कुरामा ध्यान राख्छन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

१. संस्कार

संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थी रुपमा प्रयोग गरिन्छ । पुरुषहरू सुन्दर भन्दा संस्कारी नारीलाई रुचाउँछन् । संस्कार नभएका तर सुन्दर नारीलाई रुचाइहाले पनि त्यो क्षणिक समयका लागि मात्र हुन्छ । हरेक पुरुषमा आफ्नी श्रीमतीले घरको रीतिरिवाज पालना गरून् र परिवारका आफूभन्दा ठूला सदस्यको सम्मानमा कुनै कसर नराखून् भन्ने चाहना हुन्छ । ठूल्ठूलो स्वरमा कुरा गर्ने, आफूभन्दा ठूलाको अपमान गर्ने तथा स्वेच्छाचारी महिला कहिल्यै पुरुषको रोजाइमा पर्दैनन् । श्रीमती संस्कारी नहुँदा आफूले लज्जित हुनुपर्ने हो कि भन्ने डर पुरुषको मनमा सदैव रहन्छ ।

२. सुख-दु:खमा साथ दिने

मानव जीवन हो, उतारचढाव त सवैको जीवनमा हुन्छ नै । जीवन सुख-दु:खको सङ्गम हो । त्यसैले कहिले दु:ख पनि आउन सक्छ त कहिले सुख । यस्तो बेलामा आफ्नी श्रीमतीले साथ दिऊन् भन्ने अपेक्षा हरेक पुरुषमा हुन्छ । त्यस्ती नारी पुरुषको नजरमा विश्वकै सुन्दर नारी बन्न सफल हुन्छिन् । यसका साथै आपत्तिका बेला हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने नारीलाई पुरुषहरूले असाध्यै रुचाउँछन् ।

३. समझदार

सामान्यतया पुरुषहरू आफ्नो इसारामा चल्ने सुन्दर श्रीमती चाहन्छन् समझदार होइन भनिएतापनि यो सत्य भने होइन । पुरुषहरू समझदार, जिम्मेवारी निर्वाह गर्न सक्ने, हरेक समस्या हल गर्न सक्ने, हरेक निर्णयमा उचित सल्लाह दिन सक्ने श्रीमती चाहन्छन् ।

४. पारिवारिक

श्रीमानको चाहना श्रीमतीले आफैंले जसरी आफ्ना आमा-बाबुलाई पनि हृदयदेखि नै रुचाऊन् भन्ने हुन्छ त्यसैगरी घरका अन्य सदस्यलाई पनि उसैगरी प्रेमपूर्ण व्यवहार गरून् र कसैसँग द्वेष नलिऊन् भन्ने हुन्छ । आफ्नी श्रीमती असल गृहनिर्मातृको भूमिकामा रमाएको हेर्ने चाहना अधिकांश पुरुषमा पाइन्छ ।

५. मनको सुन्दरता

पहिलो हेराइमा शारीरिक सुन्दरतालाई महत्व दिने श्रीमानहरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् । त्यसैले श्रीमानहरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् । सरलता, विनम्रता एवं राम्रो व्यवहारका कारण सबैको मन जित्न सक्ने नारीलाई पुरुषहरूले बढी रुचाउँछन् । झूटो एवं बनावटी कुरा गर्नेहरूलाई कसैले मन पराउँदैनन् ।

६. आदर्श आमा

असल श्रीमती एवं बुहारीका साथै आफ्नी श्रीमती सन्तानका लागि असल आमा पनि बनून् भन्ने चाहना हरेक श्रीमानमा चाहना हुन्छ । सन्तानको स्वास्थ्यदेखि लिएर पढाइ-लेखाइको पनि ख्याल राख्दै उनीहरूलाई संस्कारवान् बनाउन लागिपर्ने नारी सदैव पुरुषहरूको रोजाइमा पर्छन् ।

७. अन्तरंगमा सक्रिय हुने

अन्तरंग वा यौनसम्बन्धमा सक्रिय एवं रुचिपूर्वक भाग लिने श्रीमतीप्रति हरेक श्रीमान् हृदयदेखि नै समर्पित हुन्छन् । सुन्दर एवं राम्रो फिगर भएका तर नखरा बढी गर्ने एवं सिर्जनशील यौनसम्बन्ध नरुचाउने नारीहरू पुरुषको रोजाइमा पर्दैनन् ।

Like & Follow us on Facebook

८. खाना बनाउन निपूर्ण

भनिन्छ, श्रीमानको मन छुन पेटको मार्ग भएर हिँड्नुपर्छ । त्यसैले पनि सुन्दर नारीभन्दा मीठो खाना बनाउन जान्ने श्रीमतीले सजिलै श्रीमानको मनमा डेरा जमाउँछिन् । श्रीमती खाना बनाउन सिपालु भए श्रीमानले आफन्त एवं साथीभाईका अगाडि गर्व गर्न सक्छन् ।

९. धार्मिक

धेरै पुरुषहरु आफ्नी श्रीमती धर्मकर्मप्रति चासो लिने र चाडवाडमा ब्रत लिने र मन्दिर जाने पूजा-पाठ गर्ने नारी चाहन्छन ।

१०. आत्मनिर्भर

तपाईंको हुने्वाला श्रीमती आत्मनिर्भर हुनु जरुरी छ कारण विवाहपछि बढ्ने तपाईंको जिम्मेवारी उनले पनि कुशलतापूर्वत सम्हाल्न सकुन् । उनको प्रवेशले तपाईंको जीवनमा सबै कुरा पहिले भन्दा राम्रो होस् । यदि तपाईंको हुनेवाला श्रीमती स-साना कुरामा पनि अरुको भर पर्छिन् भने सोच्नुहोस् की उनी तपाईंको जीनवमा सहयात्री नभई बोझ बन्न सक्छिन् ।

११. प्रशंसा गर्ने

धेरै पुरुषहरु आफ्नी श्रीमतीले राम्रो काम गर्दा आफ्नो प्रशंसा गरुन भन्ने चाहन्छन । श्रीमतीले पनि आफ्नो श्रीमानले गरिरहेको कामको लागि प्रंशसा गर्नुहोस् । सँधै यो भएन, त्यो भएन भनेर गुनासो मात्रै नगर्नुहोस् ।

१२. सामान्य जीवनशैली

धेरै पुरुषहरु आफ्नी श्रीमती सामान्य जीवनशैली अपनाउन भन्ने चाहन्छन । अरुको सेवा सुबिधासम्पन्न जीवनशैली देखेर ईष्र्या लाग्नु स्वभाविक हो । तर, यसले सम्बन्धमा दरार ल्याउन सकिन्छ । सँधै आफुभन्दा तल्लो आर्थिकस्तर भएका मानिसलाई हेरेर आफ्नो दैनिक चलाउनुहोस् । अर्काको ईष्र्या गर्ने बानीले आफैलाई हानी पुर्याउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!