साहित्य-कला

वसन्त आऊ मुटुमा रम्दै

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

वसन्त आऊ मुटुमा रम्दै

वसन्त तिमी चन्द्रमा झैँ शोभायमान र सूर्य झैँ

धरामा जगमगाउनु !

नव पालुवाका कोमल शव्द कोइली तिमी

बनमा डुली गाउँनु !!१

 

न्याउलीको भाका गाउँदै यो वनमा तिमीलाई

हरपल खोजौँ कि म !

म पालुवामा लुकी लुकि तिमी आउने बाटो

बनमा कुरौँ कि म !!२

 

वसन्त तिमीलाई मेरा मनका नयनहरुले मुटुबाट

चिहाऊँ कि !

म हृदयका पानाहरुमा शव्दले सुनको सुन्दर

बिहानी ल्याऊँ कि !३

 

मुटुहरुमा यी वसन्तका कोमल हाँसोहरु नै म

छरी पो दिऊँ कि !

किनकी मनहरु रमाउँदा फुल्ने गर्छन मनभरी

वसन्तका कोमल फूलहरु !!४

 

त्यसलै हरपल हरेकलाई सकिन्छ दिन भने दिऊँ

हाँसो नै समुल !

पिडा दिन हुन्न् कसैलाई मनहरु रमाउन मात्रै

खोज्छन् है हरपल !!५

 

पिडा घोच्ने काँडा जस्तै हुन्छ अत्यन्त कठीन

पीड़ादायी पलपल !

साँचो कुरा हृदयका भाव हुन सबैको हृदयमा

नव पालुवा पलाउँछन् !!६

 

मनले  हरेकको भाव बुझिदेऊ मनका फूल

तिमी फूल्न पनि देऊ !

पिडा कसैलाई कहिले नदेऊँ आँशु कसैको

मुटुबाट न बहोस् !!७

 

अरुलाई पिडा दिदाँ हृदय नै पिडित हुन्छ

दुखि अरु मन कति नहोस् !

ओठमा हर पल हाँसो छाओस् मनको भाव

खुशीले जगमगाओस् !!८

 

खुशी,हाँसो त चन्दन जस्तै हुन्छ सुमधुर सुवासित,

कति हो कति सुन्दर !

अरुलाई दिदाँ आफ्नै हृदय मगमगाउँछ नै सुवासित

बनेर सुमधुर !!९

 

म मनको महलमा शव्दको सुन्दर खेती गरौँ कि

हामी मिलेर हाँसेर !

म आकासका ताराझैँ सुन्दर बीज त्यहाँ छरौँ

मायाँले हृदयमा भरेर !!१०

 

चरीको पालुवाबीचमा भएको मायाँको त्यो

सुन्दर लहराको घर झैँ !

हाँगाका पालुवाहरु हेरी मनका भाव चरी

पोख्दछे बैँशको भाव झैँ !!११

 

मनका भाव अनि हृदयका शोभा चन्द्रमाको त्यो

सितल झैँ नै होस् !

हृदयका भाका हरेक हृदयमा फूलको वास्ना झैँ

मगमग नै होस् !!१२

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर, काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!