राजनीतिराष्ट्रिय समाचार

राप्रपाले संशोधनको विपक्षमा मतदान गर्छ : दिलनाथ गिरी

काठमाडौं, फागुन १२ । राप्रपाले संशोधनको विपक्षमा मतदान गर्छ : दिलनाथ गिरी । राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन विधेयकको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उहाँले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकोले आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एकचोटी संविधान संशोधन भैसक्यो, तर मधेशी मोर्चाले त्यसलाइए स्वीकार गरेनन्, अहिले हामी यो सरकारको तेस्रो ठूलो घटक हौं, तर प्रस्ताव ल्याउँदा हामीसँग कुनै छलफल नै गरिएन, त्यसैले हामीलाई प्रस्तावको पक्षमा उभिनुपर्ने कुनै नैतिक बन्धन छैन्।’ मधेशी मोर्चा स्वयमले विधेयक नमानिरहेका बेला अर्को कसको हितमा विधेयक भन्ने प्रश्न उहाँले गर्नुभयो ।

‘मोर्चाले यो प्रस्ताव स्वीकार गरेको छैन, ५ नम्बर प्रदेश पुरै आन्दोलित छ, एमाले पनि विरोधमा छ, यो प्रस्तावबाट को चाहीँ खुशी छ त?’, उहाँले भन्नुभयो । संविधान जारी गर्ने प्रमुख तीन दलहरु एकै ठाउँमा बस्न नसक्नुले पनि संविधानमा खोट रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो एजेण्डा सम्बोधन नभएको अवस्थामा पनि हामीले यो संविधानलाई आलोचनात्मक रुपमा समर्थन गरेका हौं ।’

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!