मुख्य समाचार

कैयौ जहाजहरु र मानिसहरु निलेको बर्मुडा ट्रायगंलको रहस्य खुल्यो !

एजेन्सी, ७ कार्तिक। कैयौ जहाजहरु र मानिसहरु निलेको बर्मुडा ट्रायगंलको रहस्य खुल्यो ! वैज्ञानिकहरुले बर्मुडा ट्रायगंलको रहस्य पत्ता लगाएको दावी गरेका छन् ।  आन्ध्र महासागरको पश्चिमी हिस्सामा अवस्थित  एक खतरनाक इलाका  जसमा पानीको चम्किला धार, प्रकाश र फिज देखिन्छ | आन्ध्र महासागरको यही भागलाई बर्मुडा ट्रायगंल भनिन्छ | यस समुन्द्री भागलाई रहस्यमय त्रिकोण, शैतान सागर, आन्ध्र महासागरको नर्क जस्ता नराम्रा नामले यो ठाउँ चिनिएको छ |

यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआन बीच रहेको छ ।  यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्रायगंल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर र यसको गहिराई १८०० फिट रहेको मान्यता छ ।

ल आन्ध्र महासागरमा ५ लाख स्क्वायर किलोमिटरको एक भाग हो। यसको आकार ट्रायगंल जस्तै रहेको छ । पछिल्ला १०० वर्षमा यसमा ७५ वटा ठूला जहाज र १०० भन्दा बढी साना पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा १००० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्‍यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ । सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्रायगंलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्रायगंलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको  हेक्सागोनल आकारका कारण विकास भएको हो । वैज्ञानिकहरुले यस्तो हेक्सागोनल (छ एङ्गल भएको) बादलका कारण हुने गरेको बताएका हुन् ।

समाचार अनुसार र्‍यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्रायगंलमा १७० माइल करिब २७३ किलोमिटर) घन्टाको गतिको हावा रहेको हुन्छ । यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्‍याउँछन् ।

वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्रायगंलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ ।  यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ ।

बर्मुडा ट्रायगंलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्रायगंलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो । यसै साल मार्चमा नर्वेका केही वैज्ञानिकले बर्मुडा ट्रायगंल रहेको समुद्रबाट मिथेन ग्यास चुहिरहेको दाबी गरेका थिए । जसको कारणले त्यहाँ विशेष किसिमको गुरुत्वाकर्षण बल बन्ने गरेको छ ।

थप जानकारीको लागि तलको लिन्क किल्क गर्नुहोला ।

http://www.independent.co.uk/news/science/scientists-suggest-new-theory-behind-mystery-bermuda-triangle-meteorologists-columbia-a7375671.html

http://www.nbcnews.com/slideshow/week-pictures-oct-14-21-n671036

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!