सौन्दर्य

कपालमा चायाँ आउने कारण

जाडो महिनामा कपालमा चायाँ पर्ने समस्याले धेरैलाई सताउने गर्दछ । गर्मीमा भन्दा चाडोमा चायाको समस्या बढी आउँछ । हामी सुट लगाएर भव्य कार्यक्रममा जान्छौं तर त्यो सुटको कलरमा टाँसिएको सेतो चायाले हामीलाई यस्ता ठाउँमा लाज मर्नु तुल्याउँछ । विभिन्न कार्यक्रममा जाँदा चायाँका कारण कपाल कन्याउनुपर्दा सम्बन्धित व्यक्तिको व्यक्तित्वलाई नै असर परेको हुन्छ । त्यसैले, चायाँ परेको छ भने यसको रोकथाम गर्ने र परेको छैन पने चाया पर्न नदिने उपाय अपनाउनु राम्रो हो । चायाँ पर्ने कारण र यसबाट बच्ने उपायबारे उहाँ उल्लेख गरिएको छ ।

चायाँ आउने शारीरिक कारण

– हाम्रो शरीरको बाहिरी कोषिका (छाला) हरेक २४ दिनमा आफैं मर्छ र त्यसको टाउँमा नयाँ कोषिका पलाउँछ । टाउकोमा पनि यही प्रक्रिया लागू हुन्छ । तसर्थ, चाया आउने मुख्य कारण हाम्रो कपालको छालामा पुरानो कोषिकाको ठाउँमा नयाँ कोषिका आएर पुरानो कोषिकाले चायाँका रूप लिनु हो ।

– यसरी छालाको कोषिका परिवर्तन हुँदा तालमेल नमिलेर यसले चायाँको रूप लिन्छ । चाया प्रायः सेतो रङको हुन्छ ।

– हाम्रो शरीरको ग्रन्थीमा गडबडी भयो भने पनि चायाँ बढी पर्दछ ।

– शारीरिक कमजोरी तथा बिरामीका कारण पनि कपालमा चायाँ पर्दछ ।

– आराममा कमी, मानसिक तनाव एलर्जीजस्ता समस्याले पनि चायाँ निम्त्याउँछ ।

– सन्तुलित आहार र विहारको कमीले पनि चायाँ निम्त्याउँछ ।

– औषधिको उल्टो असरले पनि चायाँ निम्त्याउँछ ।

– कसैकसैलाई वंशाणुगत कारणले पनि चायाँ आउँछ ।

– त्यसैले चायाँबाट जोगिन यी माथिका समस्याबाट टाढा रहेर आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

चायाँ पर्ने बाह्य कारण

– कपालमा लगाउने जेल, स्प्रे आदिको प्रयोगले पनि कपालमा चायाँ पर्छ ।

– धुलो मैलो परेर कपालमा फोहोर जमेमा त्यस्तो फोहोरले चायाँको रूप लिन्छ ।

– कपाल नुहाउँदा सेम्पु तथा कन्डिस्नर राम्ररी पखालिएन भने त्यसले पनि कपालमा चायाँको रूप लिन्छ।

– चिसो मौसममा कोठामा बढी हिटर ताप्नाले तथा दाउरा (मुढा) बालेर बढी आगो ताप्नाले पनि कपालमा चायाँ परेको पाइएको छ ।

– तातो ठाउँबाट चिसो ठाउँमा जाँदा तथा चिसो ठाउँबाट तातो ठाउँमा गाएर बस्दा पनि चायाँ परेको पाइएको छ ।

– लामो समयसम्म नियमित टोपी लगाउने, हेलमेट लगाउनाले पनि चायाँपर्दछ ।

– अत्यधिक मात्रामा ड्रायर, आइरन प्रयोग गरेर कपाललाई तताउँदा पनि चायाँ पर्दछ ।

 साभार : इन्दु आचार्य ब्युटिसियन, राजधानी राष्ट्रिय दैनिक, प्रकाशित, २०१५-०१-०८

यो पनि पढ्नुहोस्  

कपाल झर्न नदिन के खाने ?

कपालवाट नै थाहा हुन्छ महिलाको स्वभाव

हिन्दु धर्मशास्त्र अनुसार कुन बार कपाल काट्दा शुभ र अशुभ

कपाल किन फुल्छ ?

कपालमा चायाँ आउने कारण

कपालको चायाँ हटाउने घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!