सौन्दर्य

गुलाबी ओठ बनाउने ९ प्राकृतिक उपायहरु

ओंठ मानिसको सुन्दरताको प्रतिरुप हो । यो नरम चलायमान तथा सम्वेदनशिल अङ्ग हो । विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन् । ओठलाई सुन्दर बनाउन लगाइएका साधनले  उल्टै कालो बनाइरहेका हुन्छन् । यसले महिलाहरुलाई निराश बनाइरहेको हुन सक्छ । आउनुहोस्, गुलाबी ओठ बनाउने ९ प्राकृतिक  उपायबारे थाहा पाउनुहोस् :

१. कोको बटर

दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस् । उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस् । यसमा कोको बटर हाल्नुहोस् । यो मिश्रणलाइ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउनुहोस् । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ ।

२. दूधको तर

ओठको सुख्खापन हटाउँन थोरै तर (मलाई) मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस् । यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ ।

३. गुलाबको पत्ता

ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै  फाइदाजनक हुन्छ । यसलाई  नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन  मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस् ।

४. कागती

कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस् ।

५. केसर

काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ ।

६. मह

महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस् । दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ ।

७. अण्डा

अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ ।

८. जैतूनको तेल

यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ  चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ ।

९. चुकन्दर

चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुनेछ ।

यो पनि पढ्नुहोस्

ओठ आकार-प्रकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

गुलाबी ओठ बनाउने ९ प्राकृतिक उपायहरु

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

कपालवाट नै थाहा हुन्छ महिलाको स्वभाव

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!