घरेलु उपचारसौन्दर्यहेल्थ टिप्स

कपालको चायाँ हटाउने घरेलु उपचार

चिकित्सा तथ्यपत्रअनुसार युरोपेली मुलुकमा चायाले १५ देखि २० प्रतिशत जनसंख्या प्रभावित छ । यो कुनै पनि उमेर, जातजाति, धर्म, लिङ्ग आदिमा देखिन सक्छ । यस समस्याबाट आज विश्वको एक चौथाइ मानिसहरू प्रभावित छन् भन्दा अतियुक्ति नहोला । नेपाल, भारत लगायतका एसियाली मुलुकमा भने यो प्रतिशत अझ बढी हुने आँकलन छाला रोग विशेषज्ञहरू गर्छन् । चायाले महिलाभन्दा यौवनारम्भ भइसकेका पुरुष बढी प्रभावित हुने गरेको विभिन्न अध्ययनहरूमा देखिएको छ । केही अनुसन्धानकर्ताका अनुसार पुरुष हार्मोनले सम्भवतः चाया उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ । पुरुषको टाउकामा बढी मात्रामा तेल उत्पादन गर्ने ग्रन्थी हुन्छ । यसले समेत चाया निर्माणमा सघाउँछ ।

कपालमा चायाँ (डन्ड्रफ) पर्नु हिजोआज हामी सबैको समस्या नै बनिसकेको छ । चायाँ कपालका लागि सबैभन्दा ठूलो शत्रु भएको छ । कपालमा चाया पर्नाले मानिसको व्यक्तित्वमा समेत नराम्रो प्रभाव पार्ने गर्दछ । जति नै सुकै सफा सुग्घर र आकर्षक बनेर हिडेपनि यदि कपालमा टलक्क चाया टल्कियो भने त्यसले पक्कै पनि हाम्रो इमेज खराव पार्दछ । कयौ पटक थुप्रै औषधि र स्याम्पुहरुको प्रयोग गर्दा पनि ननिख्रेको चाया सामान्य कुराहरुले निख्रने गर्दछ जसको लागि हामीलाई त्यस सम्वन्धि ज्ञान आवश्यक छ । तसर्थ चाया हटाउने यी १० उपायहरु जानिराखौ ।

१.  अदुवा र चुकुन्दरको रस मिलाएर कपालको जरामा मालिस गर्नुपर्छ । यसबाट निकै फाइदा हुन्छ ।

२.  एक कप दहीमा एउटा कागतीको रस मिसाएर कपालको जरामा मालिस गर्ने । यसको प्रयोगले पनि लाभदायक मानिन्छ ।

३.  दैनिक काइयो वा ब्रसले कपाल कोर्ने । यसले कपालको जरामा रक्तसञ्चार गराउन सहयोग गर्दछ ।

४.  कपालको सफाइमा पूरा ध्यान दिने ।

५.  एक कप दहीमा एक कप चनाको बेसन मिलाएर कपालमा राम्ररी लगाउने र दुई घन्टा पछाडि धुने । यसो गर्नाले चाया कम गर्न मद्दत मिल्दछ ।

६. नुहाउनुभन्दा एक घन्टाअगाडि सधैं कागतीको रसले टाउकोमा मालिस गर्ने । त्यसपछि नुहाउने । यस प्रयोगले पनि चाया हटाउन धेरै मद्दत मिल्छ ।

७.  जैतुनको तेल (आलिव आयल, हुन त यो तेल अलिक गर्म हुन्छ) मा इक्सचरको लागि यो तेल अत्यन्त राम्रो हुन्छ । यो तेल लगाएर आधा घन्टा टाउकोलाई तौलियाले ढाकेर (बाँधेर) राख्ने । यसपछि कुनै राम्रो कन्डिसनर लगाएर नुहाउने ।

८.  निम एन्टिसेप्टिक हो । चाया हटाउन यसले पनि धेरै सहयोग गर्दछ । निमको तेल टाउकोमा मालिस गर्ने । आधी घन्टा वा एक घन्टापछि नुहाउने । यसो गर्नाले चायाबाट छुट्कारा पाउन सकिन्छ ।

९.   नुहाइसकेपछि सधैं शुद्ध नरिवलको तेल कपालमा लगाउने । नरिवलको तेल छालाको लागि घाउ खटिराका लागि तथा छालासम्बन्धी रोगमा पनि यसको प्रयोग लाभजनक देखिएको छ ।

उपरोक्त उल्लिखित चायाँ निवारणका सहायक उपायहरू अपनाउनुको साथै यस समस्याबाट पीडित व्यक्तिले आफ्नो खानपानमा पनि ध्यान दिनु जरुरी देखिन्छ । दैनिक आफ्नो भोजनमा जिंक भिटामिन ई र सेलिनिय तत्त्व भएको खानेकुरा आफ्नो भोजनमा सामेल गर्नुपर्दछ । यसको लागि गहुँको पिठो (रोटी), ब्रोकाउली, हरियो सागपात, लसुन तथा फलफूलहरूमा स्याउ, नासपाती, अंगुर, मौसमी, भुइँकटहर, केरा, सुन्तला, कागती आदिजस्ता फलफूलहरू पनि सेवन गर्नुपर्दछ । प्रसस्त मात्रामा शुद्ध पानी पिउनुपर्छ ।

 साभार : कान्तिपुर दैनिक, डा. ललितकुमार मिश्र, प्रकाशित असार , २०७१

यो पनि पढ्नुहोस्  

कपाल झर्न नदिन के खाने ?

कपालवाट नै थाहा हुन्छ महिलाको स्वभाव

हिन्दु धर्मशास्त्र अनुसार कुन बार कपाल काट्दा शुभ र अशुभ

कपाल किन फुल्छ ?

कपालमा चायाँ आउने कारण

कपालको चायाँ हटाउने घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!