राष्ट्रिय समाचार

नेपालले आफ्नै भूउपग्रह स्थापना गर्ने

२४ भदौ, काठमाडौं ।

व्यवस्थापिका संसद मार्फत् जनताको नाममा  हिजो  सम्बोधन गर्दै सञ्चार र विज्ञान प्रविधि अनुसन्धान प्रयोजनका लागि नेपालको आफ्नै भूउपग्रह स्थापना गरिने कुरा बताएका छन । गत महिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्को बैठकमा सार्वजनिक महत्वको विषयमा पहिलोपटक मन्तव्य  दिएका छन् । अघिल्लो केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू-उपग्रहको स्थापना गर्न लागिएको जानकारी दिएका थिए ।

पृथ्वीको हिस्सा बमोजिम प्रत्येक देशले अन्तरिक्षमा समेत ‘अर्विटल स्लट’मा स्याटेलाइट प्रक्षेपण गर्ने अधिकार रहने गर्दछ । सूचना प्रविधि तथा दूरसंचारका लागि अत्यावश्यक भूउपग्रह स्थापना हुन नसक्दा नेपालले अरुको भर पर्नुपरिरहेको छ । अन्तर्राष्ट्रिय प्रावधान अनुसार सन् २०१५ सम्म नेपालले सूचना प्रविधि, सञ्चार, सुरक्षा, अध्ययन अनुसन्धान लगायतका क्षेत्रमा आवश्यक पर्ने भूउपग्रह आफैंले स्थापना गर्नुपर्ने थियो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) को व्यवस्थाअनुसार सन् २०१५ भित्र आफ्ना सदस्य राष्ट्रलाई अन्तरिक्षको स्लट लिनुपर्ने बाध्यकारी व्यवस्था छ । नेपाल आईटीयूको सदस्य राष्ट्र हो । बर्सेनि बढ्दै गएका टेलिकम कम्पनीका नयाँ नयाँ सेवा, टेलिभिजन र डाइरेक्ट होम (डीटीएच) सँगै मुद्रा बिदेसिने गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!