राष्ट्रिय समाचार

सरकारको घोषणा विपन्नलाई ८ प्रकारका रोगको निःशुल्क उपचार हुने

२४ भदौ, काठमाडौं ।

व्यवस्थापिका संसद मार्फत् जनताको नाममा  हिजो  सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अब विपन्न वर्गका विरामीलाई मुटुरोग, मिर्गौला लगायत ८ प्रकारका रोगमा निःशुल्क उपचार गरिने बताएका छन् । त्यसैगरी विसिजी, डिपीटी लगायत ११ प्रकारका रोगविरुद्ध निःशुल्क खोप समेत उपलब्ध गराइने उनले बताए ।

निजी स्वास्थ्य संस्थाहरुले विसिजी, डिपीटी लगायतका खोपको शुल्क लिने गरेका छन् । निजी स्वास्थ्य संस्थाहरुले विपन्नलाई छुट्याइएका निःशुल्क १० प्रतिशत सेवा निश्चित मापदण्डका आधारमा विपन्नले मात्र पाउने गरी तत्कालै जिल्लास्तरीय संयन्त्र बनाउने र त्यसको सिफारिशमा उपचार गर्ने व्यवस्था मिलाइने प्रधानमन्त्री प्रचण्डले बताए ।

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!