राष्ट्रिय समाचार

सरकारको स्वास्थ्य सम्वन्धी महत्वाकाक्षी योजना

व्यवस्थापिका संसद मार्फत् जनताको नाममा  हिजो  सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वास्थ्य सम्वन्धी महत्वाकाक्षी योजना बताएका छन । गत महिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्को बैठकमा सार्वजनिक महत्वको विषयमा पहिलोपटक मन्तव्य  दिएका छन्।

सबै जिल्ला अस्पतालमा मेडिकल कलेजबाट दक्ष चिकित्सकको सेवा उपलव्ध गराउने व्यवस्था मिलाइने छ । औषधि आपूर्ति र गुणस्तर नियमन गर्न कानूनी एवं संस्थागत सुधारका कार्यक्रमलाई जनताले अनुभूत गर्नेगरी संचालन गरिनेछ । आयुर्वेद र अन्य वैकल्पिक चिकित्साको विकासलाई पनि संगसंगै लगिनेछ ।

बहिरंग सेवा अब बजेसम्म

साथै सरकारले देशभरका स्वास्थ्य संस्थाहरुको बहिरंग सेवाको समय पनि बढाउने भएको छ । प्रधानमन्त्री भएपश्चात संसदलाई पहिलोपटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले देशभरका स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि २ बजेसम्म सञ्चालन हँुदै आएको बहिरंग सेवालाई विस्तार गरी विहान १० देखि ५ बजेसम्म बनाइने बताएका छन् ।

सिकलेसल एनिमिया पहिचानमा पहल

थारु समुदायमा देखिएको आनुवंशिक रोग सिकलसेल एनिमिया रोगको पहिचान गर्न सरकारले पहल गर्ने भएको छ । आगामी छ महिनाभित्र कम्तीमा बीस हजार व्यक्तिको डी.एन.ए परीक्षण गरी कार्डको व्यवस्थासँगै जेनेटिक काउन्सिलिङको समेत व्यवस्था गर्ने प्रधानमन्त्रीले बताए ।

७ प्रदेशमा मेडिकल कलेज

प्रधानमन्त्री प्रचण्डले सात वटै प्रदेशमा एक-एक सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गरिने छ । यो घोषणा अघिल्लो सरकारले नै गरेको हो र बजेट भाषणमा पनि यो परेको छ । अब सरकारले यसको काम अघि बढाउने बताएको छ । यस्तै प्रत्येक स्थानीय तहमा १५ सय शैश्याको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याउने र सबै जिल्ला अस्पतालमा मेडिकल कलेजबाट दक्ष चिकित्सकको सेवा उपलव्ध गराउने उनले बताए ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!