कृषिराष्ट्रिय समाचार

अलैचीको भाउ घटेपछि किसान चिन्तित

ताप्लेजुङ , असोज २०  । यो वर्षको अलैंचीको उत्पादन सुरु हुन नपाउँदै पूर्वमा अलैंचीको मूल्यमा ठूलो गिरावट आएको छ । रोग–किराको प्रकोपले समस्यामा परेका कृषक मूल्य घटेपछि थप समस्यामा परेका छन् । अलैंची बिक्री गरेरै दसैं–तिहारका लागि खर्चको जोहो गर्नुपर्ने समयमा मूल्यमा आएको उतार–चढावका कारण अलैंची उत्पादक कृषक समस्यामा परेका हुन् ।

गत वर्ष प्रतिमन रु. ९७,०००/- रूपैयाँमा बिक्री भएको अलैंची यो वर्ष प्रतिमन रु. ६२,०००/- हजारमा झरेको छ । उत्पादन र मूल्य घटेकाले किसानको आर्थिकस्तरमा मात्र नभएर जिल्लाको अर्थतन्त्रमा समेत असर पर्नेछ ।

भारत र पाकिस्तान लगायत मुलुकबाट माग घटेपछि गत वर्षभन्दा  मूल्य घटेको किसान र व्यवसायीहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा ठूला व्यापारीले मिसावटयुक्त अलैंची निकासी गरेका कारण आफूहरुले भनेजस्तो मूल्यमा बिक्री गर्न नपाएको कृषकको गुनासो छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!