उर्जाराष्ट्रिय समाचार

सर्वसाधारणको २९ प्रतिशत सेयर रहने गरी सरकारले खोल्यो जलविद्युत कम्पनी

काठमाडौं, २० असोज । सरकारले जलासययुक्त परियोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापना गरेको छ। सर्वसाधारणको २९ प्रतिशत सेयर रहने गरी स्थापना गर्न लागिएको विद्युत उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना विहिवार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

यस कम्पनीबाट सरकारले नलसिंङ गाड, बुढिगण्डकी, नौमुरे, सुनकोसी, कर्णाली चिसापानी जस्ता जलासययुक्त आयोजना निर्माण गर्ने उदेश्य राखेको छ। उक्त कम्पनीको चुक्ता कुल पूँजी ३० करोड रुपैयाँ हुनेछ भने कम्पनीको अधिकृत पूँजी भने २० अर्ब रुपैयाँ हुनेछ। सरकारले तत्कालका लागि जारी पूँजी १० अर्ब र सस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी दुई अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ।

विद्युत उत्पादन कम्पनीमा सर्बसाधारण नागरिकका लागि १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दाका लागि १० प्रतिशत र अति विपन्न परिवारलाई दुई प्रतिशत रहने गरी सेयर बिभाजन गरिएको छ। त्यसै गरी कम्पनीमा नेपाल सरकार उर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहने छ । अर्थ मन्त्रालयको ५ प्रतिशत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच प्रतिशत सेयर रहेको छ ।

कम्पनीमा नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसंचार कम्पनी लिमिटेड, नागरिक लगानी कोष रकर्मचारी संचय कोषको १० प्रतिशत र जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेडको ४ प्रतिशत सेयर रहेको छ । राष्ट्रिय बिमा संस्थानको दुई प्रतिशत सेयर रहेको जानकारी पनि उर्जा मन्त्रालयले दिएको छ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!