हेल्थ टिप्स

कपाल झर्न नदिन के खाने ?

पौष्टिक तत्वले सन्तुलित भोजनको सेवनले कपाल झर्ने समस्यालाई कम गर्न सकिन्छ । कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः

फ्याटी एसिड
फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ ।

जिंक
जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ, जसले गर्दा टाउको र कपाल स्वस्थ हुन जान्छ । त्यही भएर जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त खाना खाने गर्नुपर्छ ।

प्रोटिन
शरीरमा प्रोटिनको अभाव भएमा कपाल कमजोर हुनुका साथै फुल्ने पनि गर्छ । त्यही भएर खानामा दही, अण्डाको पहेँलो भाग, बदाम, राजमा, मटरकोसा, मुसुरो दाल, तोफु, कुखुराको मासुजस्ता प्रोटिनजन्य खाना खाने गर्नाले कपाल झर्न रोकिनुका साथै थप कपाल पलाउँछ ।

आइरन
आइरनयुक्त खाना खानाले शरीरका टाउकोलगायत शरीरका कोषिकामा रगत, अक्सिजन, पोषक तŒव आदिको आपूर्ति बढेर जान्छ, जसले कपाललाई स्वस्थ र बलियो बनाउँछ । गाढा हरियो पात भएका सागपात, गेडागुडी, राजमा, खसीको मासु, अण्डाको पहेँलो भागजस्ता खानामा आइरनको मात्रा उच्च हुन्छ ।

भिटामिन ए र सी
भिटामिन ए र सीले कपालको जरालाई बलियो बनाउँछ । भिटामिन सीले शरीरभित्र आइरनको मात्रालाई पनि बढाउँछ, जुन कपालको स्वास्थ्यका लागि उपयोगी हुन्छ । त्यही भएर ब्रोकाउली, गाजर, सखरखण्ड, फर्सीजस्ता भिटामिन ए र सी प्रशस्त मात्रामा पाइने खाना दिनहुँ खाने गर्नुपर्छ ।

म्याग्निसियम
शरीरमा म्याग्निसियमको मात्रा घट्यो भने कपाल तीव्र गतिमा झर्ने गर्छ । हाडे बदाम, मुसुरो दाल, उसिना चामलको भात, ओखर, कोसे तरकारी, एभोकाडो, केराजस्ता म्याग्निसियमयुक्त खाना दिनहुँ खाने गर्नुपर्छ ।

कम गर्नुपर्ने खाना
– चिल्लोचाप्लो, तारेको खानेकुरा
– मदिरा, चुरोट, कफी, चिया
– केमिकेल हाली गुलियो बनाइएको खाद्य
– फास्टफुड तथा जंकफुड
– मसलादार तथा शरीरलाई बढी तातो बनाउने खाना

साभार : स्वास्थ्य खबरपत्रिका

यो पनि पढ्नुहोस्

कस्ता रोगीले के खाने ?

जाडो मौसममा खाने खानेकुराहरु के के हुन् ?

कुन खाने कुरासंग के मिसाएर खानु हुँदैन ?

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!