खानपानस्वास्थ्य

स्वास्थ्यको लागि फूलगोभी खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फूलगोभीको सब्जी नखाएको को होला ? यसको परिचय दिन त्यति आवश्यक छैन जस्तो मलाई लाग्छ । फूलगोभीमा कैल्शियम, फास्फोरस, प्रोटीन, कार्बोहाइड्रेट र आयरन तत्वको साथै भिटामिन ए, बी, सी, आयोडीन र पोटाशियम पाइन्छ ।

फूलगोभी सवैभन्दा बढी पाइने तरकारी अन्तर्गत पर्दछ । फूलगोभीबाट धेरै प्रकारको तरकारी बनाएर खान सकिन्छ । प्रकृतिको अनुपम उपहार फूलगोभी पनि एक हो । प्रकृतिले हामीलाई अनगिन्ती बस्तु प्रदान गरेको छ तर खान नजान्नाले यस्का फाइदाबाट हामी बन्चीत छौं ।

फूलगोभीलाई हामीले जग्गा नभएपनि गमलामा समेत फलाउन सक्छौं । हामीलाई स्वास्थ्यमा त्यति चासो नहुनाले नै बिषादी प्रयोग गरेका तरकारी खान हामी बाध्य छौं । यदि हामी थोरै समय स्वास्थ्यका लागि दिन सक्छौं भने शरीरको व्यायम पनि हुने र आफ्नो स्वास्थ्यका लागी अर्गानिक तरकारी पनि उत्पादन गरेर स्वास्थ्य लाभ लिन सक्ने थियौं । आउनुहोस् यसका अन्य फाइदाहरू के कस्ता छन् जान्ने प्रयत्न गरौं ।

फूलगोभीका अन्य फाइदाहरु यस्ता छन्

१. फूलगोभीमा कैल्शियम, फास्फोरस, प्रोटीन, कार्बोहाइड्रेट र आयरन लगायत शरीरलाई नभई नहुने भिटामिन ए, बी, सी, आयोडीन हुने भएकाले यसवाट थुप्रै फाइदा हुने देखिन्छ । समय समयमा यसको तरकारी खानुपर्छ ।

२. रगत सफा गरेर छालाको रोग हटाउन पनि फूलगोभी महत्वपूर्ण छ । यो काचै जुस तथा तरकारीको रूपमा खान सकिन्छ ।

३. जोर्नी दुख्ने, गठिया र हड्डी दुख्ने समस्या भएका रोगीले तरकारीको रूपमा भनौं या जुसको रूपमा गाजर र फूलगोभी नियमित ३ महिना सेवन गर्नाले राम्रो फाइदा लिन सकिन्छ ।

४. कोलायटिस, पेट दुख्ने पेट सम्वन्धित अन्य समस्यामा समेत फूलगोभी उपयोगी छ ।

५. गर्भावस्‍थामा समेत फूलगोभीको सेवनले शरिरलाई चाहिने आवश्यक भिटामिन पुर्याउने देखिन्छ । फोलिक, भिटामिन ए र भिटामिन बी यसमा पाइने भएकाले यो महत्वपूर्ण देखिन्छ । गर्भमा रहेको भ्रूणलाई समेत फाइदा गर्दछ । गोभीमा भिटामिन सीको राम्रो स्रोत भएकाले दाँतलाई समेत राम्रो फाइदा गर्दछ ।

६. फूलगोभीमा एन्टी अक्सिडेण्टको साथ-साथै कैल्शियम पनि पाइने भएकाले शरिरलाई आवश्यक क्यालसियम पुरा गर्न यसको ठूलो भूमिका छ ।

नोट : तरकारी खरिद गर्दा यदि तरकारीमा किरा लागेको छैन भने त्यसमा बिषादी छ भन्ने केहीको मत देखिन्छ । यस्ता तरकारी खरिद गर्दा ध्यान दिनुहोस् भन्ने हाम्रो राय छ ।

यो पनि पढनुहोस्

चम्सुरको साग खानुका फाइदाहरु

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

स्वास्थ्यको लागि सुन्तला खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!