राष्ट्रिय समाचारसमाचार

नेपालमा गरियो पब्जी खेललाई प्रतिबन्ध

२८ चैत, काठमाडौं । पछिल्लो समय चर्चामा रहेको अनलाइन खेल पब्जीलाई सरकारले प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्म हत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ।

पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको हो । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए । पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो । धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!