सूचना प्रविधि

पब्जी खेल के हो ?

पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो । अहिलेका धेरै मानिसमाझ एउटा लोकप्रिय शब्द सुनिन्छ, जुन शब्द हो– PUBG । PUBG भनेको एउटा भिडियो गेम हो । यसको पूरा रुप Player UnknownÚs Battle Grounds हाे, जुन इन्टरनेटको माध्यमबाट मात्र खेल्न सकिन्छ । यो गेम खेल्न मोबाइलमा करिब २ जिबी र्यामको आवश्यकता पर्दछ । यो गेम सन् २००० मा निर्मित जापानी चलचित्र ब्याटल रोयलमा आधारित छ ।

हिंसालाई प्रोत्साहन गर्ने खेल पब्जीले एउटा पुस्ता नै बिगार्ने संकेत देखिएको छ । पब्जी भनेको दुईविपरीत समूहका लडाकुहरू कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो । यसमा खेलाडीले एकअर्कालाई सफाया गर्छन् । पब्जी खासमा एक मल्टीप्लेयर वा सामूहिक गेम हो, अर्थात एकसाथ केही खेलाडीले यसमा भाग लिन्छन् ।

पब्जीमा एकै पटक ६ जनासम्मले काल्पनिक युद्ध गर्न सक्छन् । पब्जीको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । सन् २०१७ मा सुरु भएको यो खेल गत डिसेम्बरसम्म २ सय मिलियन डाउनलोड भइसकेको छ । धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ । बालबालिका र किशोरकिशोरी माझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको छ ।

पब्जी गेम पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ । आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन् । विश्वमा सर्वप्रथम सन् १९५८ अक्टोबरमा भिडियो गेमको सुरुवात भएको थियो, जसको नाम थियो PONG । यो गेम विश्वमा करिब हरेक दिन २ करोड व्यक्तिले खेल्ने गर्छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा गरियो पब्जी खेललाई प्रतिबन्ध

मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौं घण्टा बिताएका बच्चाहरू वास्तविक जीवनमा पनि मार्ने र जित्ने भावनाले उत्प्रेरित हुने गर्छन् । यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलन समेत देखिएकाले यसलाई उनीहरूको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरू पुगेका हुन् ।

पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरूमा बिस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ जसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ । संसारभरिकै बालबालिकाका माझ छिट्नै नै लोकप्रिय भएको पब्जीले यस्तै विकारहरू धेरै ठाउँमा देखाउन थालेपछि यसलाई प्रतिबन्ध लगाउने क्रम पनि सुरु भएको छ । जस्तो कि, पछिल्लो समय भारतको गुजरात राज्यले यसलाई खेल्न प्रतिबन्ध मात्र लगाएन, खेल्नेहरूलाई पनि पक्राउ गर्‍यो ।

Like & Follow us on Facebook

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको हो । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!