खानपानहेल्थ टिप्स

उखुको जुस पिउनु फाइदाहरु तथा बेफाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

उखुको जुस पिउनु फाइदाहरु तथा बेफाइदाहरु । गर्मी मौसममा शरीरमा पानीको मात्रा परिपूर्ति गर्न तरल पदार्थको बढि सेवन गर्नु आवश्यक छ । गर्मी समयमा अधिकांश मानिसहरु फलफूलको जुस बढि सेवन गर्ने गर्छन् । जुन अत्यन्तै राम्रो कुरा हो । उखुको जुस स्वास्थ्यका लागि फाइदा हुन सक्छ तर जुस सेवन गर्दा स्वास्थ्यलाई ध्यानमा राखेर सेवन गर्न सके राम्रो हुने कुरामा सवै सचेत हुन सके राम्रो हो । गर्मी याममा उखुको जुस बजारमा बेच्ने गरेको पाइन्छ । यसले केहि क्षणका लागी शरीरलाई चिसो दिने भएकाले यसलाई राम्रो मानेको हुन सक्छ ।

गर्मीमा स्वादिलो उखुको जुसले शीतलता मात्रै प्रदान गर्दैन यसले हाम्रो स्वस्थमा पनि धेरै फाइदा गर्छ । तर हरेक मानिसले उखुको रस खान हुदैन । केही मानिसलाई उखुको रस खाँदा स्वास्थ्यमा झन् ठुलो समस्या आउन सक्छ । त्यसैले कस्ता मानिसले खाने र कस्ताले नखाने भन्ने कुरा राम्ररी जान्नुपर्छ ।

यो पनि पढ्नुहोस्

केसर र यसको चमत्कारिक फाइदा

औषधिको रुपमा बर्रोको प्रयोग

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

कागती पानीका फाइदाहरु के के छन् ?

खोकी लागेको छ भने पनि उखुको जुस सेवन गर्दा कफको मात्रा बढ्न सक्छ । पेटका रोगीले पनि उखुको जुस सेवन गर्दा ख्याल राख्नुपर्छ । यदि तपाईं मधुमेहको रोगी हुनुहुन्छ भने पनि यसले नोक्सान पुर्याउन सक्छ । मोटोपन भएका व्यक्तिले पनि यो जुस पिउनु उपयुक्त छैन । उखुको रसमा बढी मात्रामा क्यालोयिरज र सुगर हुन्छ । आज हामीले के कस्ता रोगमा उखुको जुस लिनु हानी गर्छ भन्नेबारे प्रकाश पार्नेछौं । कुन कुन अवस्थामा उखुको जुस सेवन गर्नु हानिकारक हुन्छ र फाइदा हुन सक्छ ।

फाइदाहरु तथा बेफाइदाहरु

१. उखुको जुसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्वहरु पाइन्छ । जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

२. यसको सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।

३. उखुको रसमा प्रशस्त हुने ग्लुकोजले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्नमा मद्दत गर्छ ।

४. जण्डिस भएको अवस्थामा पनि उखुको सेवनले हानी गर्दछ । पाचन क्रिया खराब हुनाले झन समस्या निम्ताउनेछ ।

५. दाँतमा दुखाईको समस्या छ, श्वासको समस्या वा दाँतमा प्वाल परेको छ ती मानिसहरूले उखुको रस सेवन गर्नुहुँदैन । यसले उनीहरूको समस्या बढ्न सक्छ । यसका साथै दाँतमा कीरा लागेको छ भने यसमा हुने चिनीले नोक्सान गर्न सक्छ ।

Like & Follow us on Facebook

६. पेटका रोगीले उखुको जुस सेवन गर्नाले पखाला चल्न सक्छ । तपाईँको शरीरको प्रभाव गरम छ वा तपाईँको पेटमा कीरा छन् भने पनि उखुको रस सेवन गर्नु तपाईँको लागि नोक्सानदायक सावित हुन सक्छ ।

७. यदि तपाईँलाई मधुमेह अर्थात डायबिटिज छ भने तपाईँलाई उखुको जुस सेवन गर्नु नोक्सान गर्न सक्छ किनकी यसमा गुलियोको मात्रा अत्याधिक हुन्छ ।

८. कफको समस्या छ वा खोकी लागेको छ भने त्यस्तो अवस्थामा पनि उखुको जुस तपाईंले सेवन गर्नु हानिकारक हुन्छ । यसबाट बच्नु नै राम्रो हुन्छ ।

९. यदि तपाईंले आफ्नो तौल कम गर्न चाहिरहनु भएको छ र तपाईँको तौल धेरै बढेको छ भने उखुको जुस सेवन नगर्नु नै राम्रो हुन्छ किनभने यसमा रहेको गुलियो र कार्बोहाइड्रेट तौल बढाउनमा सहायक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!